विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेविसंघ बारा द्वारा शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल विद्यार्थी संघ जिल्ला कार्या समिति बारा द्वारा शुभकामना आदानप्रदान गरिएको हो। प्रमाणपत्र वितरण तथा नयाँ वर्ष २०८१को शुभ उपलक्ष्यमा एक समारोहको आयोजना गरि शुभकामना एक अर्कालाई दिएका छन्। नेविसंघ जिल्ला अध्यक्ष प्रवीण पटेलको अध्यक्षता तथा नेविसंघले पुर्व सह-महामन्त्री एवं नेपाली काङ्ग्रेस बारा जिल्ला सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे। खास गरि विद्यार्थीहरुको हकहितमा कामगर्ने गर्छन् र विद्यार्थीहरु लाई उच्च मनोबल मनोबैज्ञानिकरुपले कसरी बढ्छ भन्ने बारेमा कार्य गर्ने गरेको रौनियारले आफ्नो धारणा राखेका थिए। नेविसंघ नेपाली काङ्ग्रेसको सेना हो र जब जब नेपाली काङ्ग्रेस लाई विद्यार्थीको आवस्यकता परेको छ त्यो बेला नेविसंघले नेपालीको राजनीतिक देखि हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याएको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघका पुर्व अग्रजहरु नेबि संघका पुर्व अध्यक्षहरु जङ्गबहादुर चौरसिया, बिरेन्द्र यादव र राकेश पान्डे लाई स-सम्मान कदर पत्र तथा नव न्युक्त समिति लाई प्रमाणपत्र बितरण गरि नया बर्ष २०८१ को सुभकामना आदानप्रदान गरेका छन्। कलैया ४ मा रहेको तेलि कल्याण सदनको भवनमा आयोजना गरिएको कार्यक्रमा बक्ताहरुले नया बर्ष २०८१ को सबै नेपालिमा सुख शान्ती समृद्धि को कामना संगै मुस्लिम धर्मावलम्बीको रामजान पर्वको पनि शुभकामना व्यक्त गरेका थिए। उनले नेबि संघ भनेको कसैको चाकरी गर्ने नभैइ आम नेपालिको आशा र भरोसा बोकेको संगठन भएकोले यसमा कसैले आफ्नो स्वार्थ नदेख्न चेतावनी समेत दिएका थिए। रौनियारले आफुहरु बाल्यकाल देखि देशको शान्ति र प्रजातान्त्रिक युगका लागि विभिन्न लडाई लडेकाले नेबि संघ प्रति माया र स्नेह भएको बताउदै बिरासतमा राजनिती पाएकाहरु यसको गलत ब्याख्या गर्दै हिडेकाले त्यसताहरु सावधान र आफ्नो सिमामा रहन चेतावनी दिएका थिए। नेबि संघमा काम गर्नेले मात्र आफू नेबि संघ भएको भन्न पाउने आट गर्छन कसैको झोला बोक्ने र कसैको दलाली गर्ने हरु यो संस्थामा नभएको हेक्का रहोस भनेर रौनियारले भनेका थिए।

Karaiya Mai Notice Winter

नेबि संघ बाराका पुर्व अध्यक्ष एवम काङ्ग्रेस नेता बिरेन्द्र यादवले २०४६ सालको आन्दोलनमा सबैभन्दा बढि भुमिका खेलेको स्मरण गरे । २०६३ को जन आन्दोलनमा पनि नेबि संघले गरेको योगदानलाई बिर्सन नसकिने बताए । नेबि संघलाई कागजमा मात्र नराखी काम गर्ने समुहलाई मान्यता दिन माग गरे । नया बर्ष र ईदको सुभकामना व्यक्त गरे ।

काङ्ग्रेस नेता बिजय गुप्ताले नेबि संघ भनेको काङ्ग्रेस को जड उत्पादन गर्ने थलो भएको बताए । हाल नेपालको राजनितीमा नेबि संघ को नेतृत्व ले नेतृत्व गरिरहेको तर्फ ध्यानाकर्षण गराए । नेपाली काङ्ग्रेस भित्रको बिकृती बिसङ्स्ती हटाउन पनि नेबि संघको भुमिका हुनुपर्नेमा जोड दिदै देशमा काङ्ग्रेसको बिकल्प नभएको बताए । काङ्ग्रेस बारालाई गुट उपगुट बाट छुटाएर एक बनाउन नेबि संघले जिम्मेवारी लिनुपर्ने बताए । तयस्तै नेबि संघमा झोले र आशिर्वादले आएका कसैलाई पनि हामिले अब नस्विकर्ने नेबि संघका नेता एवम काङ्ग्रेस जिल्ला कमिटी सदस्य अफ्तर मन्सूरले बताए ।

कार्यक्रममा काङ्ग्रेस मधेस प्रदेश सदस्य राजेश सिंह, नेबि संघका केन्द्रिय सदस्य हरिओम कुमार साह,नेबि संघ बाराका पुर्व अध्यक्ष राकेश पाण्डे, काङ्ग्रेस नेता बिजय गुप्ता सहितका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन नेबि संघ बाराका बरिस्ठ उपाध्यक्ष बिनयराज शर्माले जिल्ला अधिवेशन गर्न नेबि संघले विभिन्न क्याम्पस मा संगठन बनाउन लाग्नुपर्ने बताउदै स्वागत मन्तव्य राखेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed