विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा विशाल कलश सहित जलयात्रा सम्पन्न 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २९ चैत पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश सहित जलयात्रा  सम्पन्न भयको  छ ।

कालिकामाई मन्दिरको  प्राङ्गणबाट  करीब ३ हजारको संख्यामा कन्या कुवारीहरु जलयात्रामा सहभागी भएका थिए।

कालिकामाई मन्दिर बाट बाजागाजासहित निकालिएको कलश यात्रा बिरंचीबर्वा,कटीबलुवा , पशुरामपुर, भेडिहारी , टिनडोबिया,रबिदास ,मुडली   गाउँ  परिक्रमा गदै सिकटा नदीको हनुमान मन्दिर नजिक पुजापाठ गरि जलभरेर हरिहरपुर बिर्ता  हुँदै कालिकामाई मन्दिर स्थलमा पुगि कन्याकुवारीहरुले कलश राखिएको थियोे ।

Karaiya Mai Notice Winter

कालिकामाई गाउँपालिकाको नामाकरण कालिकामाईको नाउँमा गरिएकोले मन्दिरको समरचना पुरानै रहेकोले गाउँपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित कालिकामाई मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको  गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।

कालिकामाई मन्दिर बाट निसकेको कलश जल यात्रामा प्रमुख अतिथि रहनु भएका उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार ,

बिशिस्ट अतिथी धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , उपाध्यक्ष राजमती देबी बरईन,नेपाली काँग्रेसका नेता राधाकृष्ण चौरसिया,

स्थानिय समाजसेवी पप्पु खाँव,वडाअध्यक्ष लालबाबु चौरसिया, जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ,  कालिकामाई युवा समाजको आकाश चौरसिया, बुलेट तिवारी ,आकाश केवट, विशाल कुशवाहा, बिकास पटेल ,सशस्त्र प्रहरी बल खेसराहाका डिएसपी प्रेमबहादुर कठाय,मन्त्री का स्वकिय सचिव सचिन कुमार सिंग लगायत जल यात्रामा महिला ,पुरुष बालबालिका  गरी पाँच हजार भन्दा बढि भक्तजनहरु सहभागी भयका  थीए।

नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टामा भोलि ३० गते देखि २४ घन्टा अष्ठयाम हुने १ गते अष्ठयामको पुर्णावती २ गते मन्दिरमा प्राणप्रतिष्टा गरि कालिकामाईको मुर्ती स्थापना गर्ने ,३ गते भारत सितामढीको झाखि कार्यक्रम  ४ गते नेपालका  भोजपुरी गायक सुनील पंडित समेतको कलाकारहरु अाउने र ५ गतेको चैत नवमीको दिन कालिकामाई मन्दिरमा पुजापाठ चढावन चढाउने पुजा समितिका संयोजक वडा अध्यक्ष संजय पटेलले बताए ।

कलश यात्रा परिक्रमाको क्रममा ठाउँ ठाउँ मा फ्रुटी,पानी,फलफुल बितरण समेत गरिको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed