विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको जगरनाथपुरमा गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता ०१ बैसाख। पोखरिया 

पर्सा

को जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

 

गुनासो लिएर वडाध्यक्षको घरमा पुगेका अमिर मियाँ गदीलाई वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा र उनका पक्षधरहरूले रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको हो।

 

प्रहरीका अनुसार,बाटो विस्तारका क्रममा आफ्नो घरको केही भाग तोडिएपछि त्यसबारे गुनासो गर्नका लागि शुक्रबार बिहान मियाँ वडाध्यक्ष कुशवाहाको घरमा पुगेका थिए।

अरूको घर नतोड्ने , मेरो मात्रै घर किन तोडेको भन्दै मियाँले वडाध्यक्ष कुशवाहासंग विवाद गर्दै झगडा गरेपछि वडाध्यक्ष कुशवाहा र उनका पक्षधर सात जनाले मिलेर मियाँलाई रुखमा बाँधेर कुटपिट गरेको स्थानीयले बताएका छन्।

 

तर वडाध्यक्ष पक्षकाले भने मियाँले वडाध्यक्ष कुशवाहालाई गाली गलौज गर्दै कठालो समातेपछि वडाध्यक्षका छिमेकीहरूले मियाँलाई नियन्त्रणमा लिएर रुखमा बाँधेर केही बेरपछि इलाका प्रहरी कार्यालय जानकीटोलाको जिम्मा लगाएको बताएका छन्।

वडाध्यक्षबाट कुटपिट गरिएका मियाँले भने आफूलाई कुटपिट गर्ने वडाध्यक्ष कुशवाहासहित ८ जना विरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय जानकी टोलामा लिखित उजुरी दिएका थिए।

उक्त उजुरीमा वडाध्यक्ष कुशवाहा,रमेश कुशवाहा,महेन्द्र कुशवाहा, हफिज मियाँ गदी,रामु कुशवाहा, रुपेश कुशवाहा,अनिल कुशवाहा र सुरेश कुशवाहाले आँफुलाई रुखमा बाँधेर कुटेको आरोप लगाइएको छ।

 

मियाँको उजुरीपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले दुवै पक्षलाई जानकी टोलाको प्रहरी कार्यालयबाट पोखरियाको प्रहरी कार्यालयमा झिकाएका थिए।

 

प्रहरी कार्यालयमै भएको दुई पक्षबिचको छलफलमा पीडित भनिएका मियाँले आरोपित भनिएकाहरू विरुद्ध कानुनी कारबाही प्रक्रियामै अगाडि बढ्ने अडान लिए।

 

त्यसपछि प्रहरीले वडाध्यक्ष कुशवाहासहित आरोपित सबै जनालाई शुक्रबार दिउँसो नै जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर बुझाइदिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed