CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला

फेटा GP PSA
555
सिम्रौन्गढ़ नपा psa

सबिर आलम/बारा।

बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला परापुर्व काल देखि नै लाग्दै आईरहेको स्थानीयले बताउने गर्द्छन। यो वर्षको नवमी मेलामा वडा न.६को वडा अध्यक्ष नन्दकिशोर जैसवाल लगायत आम नगरवासीको ईच्छा अनुसार चन्दा संकल गरि १४ देखि १५ लाख सम्मको लागतमा सत चन्डी महायज्ञ ९ दिन सम्म चलेको साथै बृन्दावनको रामलिलाकोको नित्य रात र दिन गरि ९ दिन सम्म गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

सिम्रौनगढको रामनवमी मेलामा बाहिर बाट आएका श्रद्धालु भक्त जनहरु लाई तथा मेलामा आउनु भएका आगन्तुकहरुको स्वास्थ्यको ख्याल गरि सिम्रौनगढ नगरपालिका दोवारा निशुल्क स्वास्थ्य शिविर राखिएको थियो, जसमा सिनियर अ. हे.ब. दिपेन्द्र प्रसाद गुप्ता, विरेन्द्र कुश्वाहा, अ. न. मी. उषा गुप्ता, पपु यादव लगाएतका डाक्टरहरुले निशुल्क औषधी उपचार गरेका छन्। यो शिविर विहान ८ बजे देखि बेलुका ५ बजे सम्म चल्ने र अहिले सम्म १२५ जनालाई औषधी गरेको र सबै भन्दा टाउको दुखाई तथा ज्वरोको विरामी आएको डाक्टर पपु यादवले जनकारी गराएका छ्न। उक्त मेलामा मिडिया आरो फिल्टर द्वारा नि:शुल्क पानी वितरण गरिएको थियो ।

वडा अध्यक्ष नन्दकिशोर जैसवाल संग यो मेलाको बारेमा सोध्दा यो मेला अघिलो साल देखि अहिले धेरै राम्रो लागेको साथै यो मेलामा नेपाल प्रहरी,शस्त्र प्रहरी र नगर प्रहरीहरुले शान्ति सुरक्षामा अहम भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे !यहाँबाट जितेर कयौ नेता जितेर गए तर हाम्रो सिम्रौनगढको विकास प्रती कसैले आफ्नो तर्फबाट पहल गरेन म एउटा सानो वाडा अध्यक्ष भएर पनि यति प्रयास गरेको छु र आउदो दिनमा यो भन्दा पनि महाउत्सव लगाउने ईच्छा रहेको बताउनु भयो।

वहाँका अनुसार यो रामनवमी मेलालामा १ लाख देखि १२५ एक (लाख पचिस हजार) सम्म मेला हेर्न मानिसहरु आएको जानकारी गराए। यो मेलाको विशेष निगरानी चैत नवमी ईशरा मेला समितीले गरेका थिए, जसमा अध्यक्ष विवेक मेहता, उपाध्यक्ष रामजन्म प्रसाद कुश्वाहा, सचिव मदन गुप्ता, कोषाअध्यक्ष सुरेश प्रसाद कुशवाहा, सदस्यमा लालबाबु प्रसाद , जंगबहदुर महतो, प्रमानन्द प्रसाद, देवनारायण प्रसाद, सर्युग महतो, गौरीशंकर प्रसाद, देवेन्द्र प्रसाद, विशुन दयाल साह, दिनेश प्रसाद कुशवाहा, रामअशिस बैठा, राधा मोहन लगाएतका व्यक्तिहरु थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश