विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई फलफूल बितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेविसंघ बारा द्वारा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई फलफूल बितरण गरिएको बारा सभापति प्रबिण पटेलले बताए । सेवा नै धर्म हो भन्ने मुल मान्यता लाई अंगिकार गरि स्थापना दिवशको अबसर पारेर जिल्लाभर रचनात्मक क्रियाकलाप गर्दै आएको नेविसंघले बिरामीलाई सहयोग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली काङ्ग्रेसका जिल्ला सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा रौनियारले नेविसंघको महत्वबारे प्रकाश पारेका थिए । रौनियारले देशको हरेक परिवर्तनमा नेबि संघले नेतृत्वदायी भुमिका खेल्दै आएको बताउदै रास्ट्र र रास्ट्रीयताको सवालमा अहिले पनि नेबि संघ आफ्नो छाती थापेर अगाडी उभिने बताएका छन । बारा जिल्लाका हरेक नागरिक जसलाई जसरी भए पनि दबाउन वा पछाडी पार्न खोजिएको छ। ती जनताको छोरा बनेर नेबि संघले हकको लडाई लड्ने रौनियारले बताएका छन । केवल विभिन्न दल र संघसंगठन खोलेर आफुलाई स्वार्थमा लिप्त रहेका स्वार्थीहरुले जनताको दुख र पिडालाई बास्ता नगरेकोले अब नेबि संघ बेसहाराको सहारा बन्ने बताएका छन। आम नेपाली जनताको मनोकामना पुर्तीका लागि नेबि संघ को स्थापना भएकोले सबैको चाहना अनुरुप काम गर्ने बताए ।

Karaiya Mai Notice Winter

नेपाली काङ्ग्रेस बाराका सचिव तथा नेबि संघका पुर्व केन्द्रिय सह महामन्त्री रौनियार र कार्यक्रममा काङ्ग्रेस बाराका क्षेत्र न ३ का निबर्तमान क्षेत्रीय सभापति फुलमहम्मद मन्सुर, राजेश सिंह, नेबिसघ का केन्द्रिय सदस्य हरि ओम साह, नेबिसघ बारा का पुर्ब जिल्ला अध्यक्ष राकेश पान्डे, नेबिसघ बारा का जिल्ला अध्यक्ष प्रविण पटेल, प्रेस युनियन बाराका निबर्तमान सचिव साजिर मन्सुर, नेबिसघ बारा का बरिस्ठ उपाध्यक्ष बिनय राज शर्मा, जिल्ला उपाध्यक्ष साजन गुप्ता, जिल्ला सचिव बादल यादव, जिल्ला सह सचिव दिपक मन्डल, विद्यार्थी नेता हरु राजेश यादव, सन्जिव यादव, अजाद अन्सारी, तमन्ना अलि लगायतका नेताहरुको उपस्थित थियो, करिब ८० जना बिरामीहरु लाई फलफूल बितरण गरिएको थियो।।।

आजाद अन्सारी सहित नेविसंघका जिल्ला र क्याम्पस स्तरका नेताहरु उपस्थित रहेका थिए । नेबि संघका केन्द्रिय सदस्य हरिओम साहले कार्यक्रमको संचालन तथा स्वागत मन्तव्य राखेका थिए । २०२७ सालमा बिपिन कोइराला नेविसंघको संस्थापक अध्यक्ष भएका थिए । कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराइले पहिलो सभापति घोषणा गरेको दिनलाई नेविसंघले स्थापना दिबशको रुपमा मनाउँदै आएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed