विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र बीरगंजकि रुबिना दिदीको अध्यक्षता तथा पुर्व सांसद रामबाबु यादवको प्रमुख आतिथ्यता एव पुर्व मन्त्री जितेन्द्र सोनल, पुर्व अर्थ राज्य मन्त्री उषा यादव, प्रदेश सांसद पारस साह, पुर्व मेयर राजेश राय यादव लगायतका विशिष्ट आतिथ्यतामा गृह प्रवेश गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रमका प्रमुख अतिथी यादवले आफ्नो शुभकामना मन्तव्य राख्दै पोजेटिभ उर्जा बाट निगेटिभ उर्जा लाई निस्तेज गर्नु पर्छ भन्ने आफ्नो कुरा राखेका थिए। यस्तो संस्था लाई अगाडि बढाउन हरेक मानवले अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।

त्यस्तै पुर्व मन्त्री जितेन्द्र सोनलले पनि आफ्नो शुभकामना मन्तव्य राख्दै मानव जीवनमा दैनिक तीन वटा गुण मिलि कार्य गर्दछ्न जुन सबै भन्दा महत्त्वपूर्ण रहेको कुरा हो, र यस्ता मानव जीवन सार्थक बनाउन निस्वार्थ कार्य गर्ने संस्था लाई हामी सबैले मिलेर जोगाउनु पर्नेमा जोडिएका थिए।

शुभकामना मन्तव्य राख्ने क्रममा नै पुर्व प्रदेश सांसद पारस साहले भने आजको समयमा हरेक मानव लाई भगवान रामको जीवन चरीत्र लाई आत्मसात गरि आफ्नो जिवनमा चरितार्थ गर्न आवश्यक रहेको कुरामा जोड दिदै यस संस्थाले निस्वार्थ रूपमा हरेक मानव लाई त्यस्ता शिक्षा प्रदान गर्ने पुन्यात्माहरुले यो संस्था लाई जोगाई राखेकोमा धन्यवाद ज्ञापन गर्नुको साथै अभार समेत प्रकट गरेका थिए। त्यस्तै उक्त कार्यक्रम लाई सञ्चालन गर्दै राज योग सेवा केन्द्रकि सुस्मा दिदीले सबै अतिथी लाई स्वागत गरेकी थिइन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed