विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धोबनी गा पा को स्वास्थय संस्थामा औषधी अभावले बिरामीको बेतिथि सम्बन्धित निकाय मौन।

धोबनी गा पा को स्वास्थय संस्थामा औषधी अभावले बिरामीको बेतिथि सम्बन्धित निकाय मौन रहेको स्थानीय ले बताएका छन।

सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता १३ बैसाख पोखरिया 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा
को
 धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अौषधी अभाव हुदा सेवाग्रहीहरु मर्कामा परेका छन।
नेपाल सरकारको मापदण्ड अनुसार  स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका अौषधी खरिद गरि  निशुल्क बितरण गर्ने रहेता पनी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी  स्वास्थ्य चौकी  लगायत संस्थाहरुमा अौषधी नरहेको कारण सेवा ग्राहीहरु खाली हाथ फर्कन बाध्य भएका छन।
नेपाल सरकारले स्थानिय तहमा  सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँमा सिंह पठाए र भ्रस्टाचारको अखडा खडा गरेको छ।
स्वास्थ्य संस्थाहरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको  स्थनीयले बताएका छन।
Karaiya Mai Notice Winter
स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधीहरु स्वास्थ्य संस्थाहरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण  यो अार्थिक  वर्षमा अौषधी खरिद नभएको देखिएको  स्थानीय ले आरोप लगाएका छन।
यो अार्थिक वर्षको अन्तिम चरण सम्म अौषधी खरिद नभएको कारण कागजमा नै अौषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको बुझिय को छ।
स्वास्थ्य संस्थाहरुमा ५ महिना देखि अौषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा अाउने बिरामीहरुले बिना अौषधी फर्केर जाने गरेको हो।  नेपाल सरकारले ९८ किसिमका अौषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग  सेन्टर बाहेक   अौषधी अरु कुनै अौषधी नरहेको  र अतिनै गर्मीको समयमा झाड़ा पखाला , जीवनजल, सितामोल सहित ग्यासको समेत अौषधी नरहेको लंगडी स्वास्थ्य संस्थाका प्रमुख मन्नु पटेलले जनाए ।
स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि अौषधी सिधेके हो मैले लिखित कति चोटि अौषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन ।
अहिले गर्मी याममा बिरामीहरुको चाप बढे पनी  रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत अौषधीको अभावका कारण बिरामीहरु रितो हाथ फर्कन बाध्य भएको बताए ।
स्वास्थ्य संस्था हरुमा अौषधी अभाव भएको  समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्थाहरु बाट अौषधी मांगको बारेमा  गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म अौषधी खरिद नभएको बताए ।
स्टोरमा रहेको केही अौषधीहरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म अौषधी खरिद नभएको कारण समस्या भएको छ। अौषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन नसकेको हो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed