CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार

फेटा GP PSA
4,806
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार गरिएको छ । जीतेन्द्रकुमार यादवको संयोजकत्वमा गठिन समितिले पूर्णता पाएको छ । संयोजक यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १७ सदस्यीय समिति गठन गरिएको छ । प्रचार प्रसार समितिले विभिन्न चार वटा उप समिति समेत गठन गरेको छ । उप समितिका संयोजकहरु समेत प्रचार प्रसार समितिको सदस्य रहने गरी १७ सदस्यीय समिति गठन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समितिका सदस्यहरुमा अतिशकुमार मिश्र, मनोजकुमार यादव, अभरेन्द्र यादव, प्रदेश समितिबाट तोकिएको प्रतिनिधि एक जना, स्मृति मिश्र, पुनम झा ‘मैथिल’ रहेका छन् भने विभिन्न ८ वटा जिल्लाबाट प्रतिनिधित्व हुने गरी कम्तिमा एक एक जना सदस्य थप गर्ने समितिका संयोजक यादवले जानकारी दिए । समितिले मिडिया व्यवस्थापन उप–समिति अभरेन्द्र यादव, संयोजक, रनात्मक नारा तयारी उप–उप समिति पूणम झा मैथिल संयोजक, सांस्कृति तथा गीत रचना निर्माण उप–समिति स्मृति मिश्र संयोजक, झण्डा व्यवस्थापन उप–समिति र वाल पेन्ट डिजाइन तथा अनुगमन उप–समिति समेत गठन गरेको छ ।

बैठकबाट सम्वन्धित उप समितिहरुले तीन दिन भित्र आफ्ना उप–समितिहरुलाई पूर्णता दिन प्रचार प्रसार समितिमा बुझाउने निर्णय समेत गरिएको छ । बैठकमा पार्टीका राजनीतिक समिति सदस्य शैलेन्द्र साह, जसपा मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादव, केन्द्रीय सदस्य धर्मेन्द्र मोरवैता लगायतका उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश