

जनकपुरधाम, धनुषा।
नेपाल र भारत बिच पौरानिक रामायणकाल देखिको रोटी र बेटीको सम्बन्ध रहेको यर्थात हामिबाट लुकेको भन्दै धन्य भगवान श्री सिताराम जीको त्यो वैवाहिक सम्बन्ध जस्ले यो दुई देशको बिचमा धार्मिक महत्व र गरिमा तथा सदियौंको सम्बन्ध लाई प्रगाढ गर्दै आइरहेको छ । तत्कालिन राजर्षि राजा जनकद्वारा शासित मिथिला राज्य जुन हाल नेपाल र भारत दुवै तर्फको भुमिमा अवस्थित छ, वहाँको अनुकम्पाले यहाँ अझै पनि वैवाहिक सहित रोटी र बेटीको सम्बन्ध स्थापित छ र प्रगाढ नै छ ।




यद्यपि दुई देशको राजनितिक सम्बन्ध र उतारचढावका कारण ति सम्बन्ध र पौरानिक परम्परालाई प्रभावित गर्ने दुई देशको सिमामा देखिएको हालको केहि गतिविधीहरु प्रति यस समुहको गम्भिर ध्यानाकर्षण भइरहेको जनाएका छन् । भगवान श्री सिताराम जीको विवाहले भेटेको यो विरासत लाई निरन्तरता दिन र सफल वैवाहिक र दाम्पत्य जिवनका लागि दुवै तर्फ अझै पनि जारी वैवाहिक सम्बन्धनको प्रक्रियामा दुवै देशका सिमा सुरक्षामा खटेका केही असम्बेदनशिल सुरक्षाकर्मीको गलत गतिविधीको कारण बैबाहिक बंधनमा धेरै नै कमि आएको विज्ञयप्तिमा उल्लेख गरिएको छ ।
पौरानिक परम्परा अनुसार वैवाहिक कार्यक्रमका लागि जाने जयन्ती, यज्ञ, पुजा प्रतिष्ठा सहित पैरानिक, धार्मिक र सांस्कृतीक अनुष्ठानका लागि दुवै देश आवतजावत गर्ने व्यक्ति, संस्थाको अनावश्यक परिचय पत्र खोजिनु, सवारी साधनलाई कुनै सिमित नाकाबाट मात्र आवागमण हुन दिई दुःख र कष्टको वातावरण सृजना हुनुले दुई देशको जनतालाई दुःख दिने काम भइरहेको जनाइएको छ । यस्ले सदियौं देखि मिलेर सुमधुरताका साथ बस्दै आएका दुई देशका सिमावर्ती जनताहरुलाई पनि अवरोधकको सामना गर्नु परेको छ।
अतः यस्ता गतिविधीहरु अविलम्व बन्द गरि नागरिकलाई निरन्तर आफनो पौरानिक सम्बन्ध स्थापना, व्यक्तिगत, पारिवारिक, धार्मिक, समाजिक सहज गतिविधीका लागि आवागमणमा निर्वाधरुपमा सहज वातावरण निर्माणका लागि दुवै देशको सरकार तथा सम्बन्धित निकायलाई समुहले हार्दिक अनुरोध गरेको छ । सिमामा देखिएको अवरोध र असहजता जारी रहे समुह दबाबका कार्यक्रमहरु गर्न बाध्य हुने समेत विज्ञयप्ति द्वारा जानकारी गराएको छ।





