विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग

सिम्रौन्गढ़ नपा psa

कास्की, नेपाल।

राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाका लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरेका छन्। राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत उनले बताए । पोखरा अंतराष्ट्रीय विमानस्थलमा अंतराष्ट्रीय व्यवसायिक विमान यथाशीघ्र संचालनको व्यवस्था गर्नु पर्ने मांग समेत राख्नु भयो, पोखरा विमानस्थललाई चीनले BRI सङ्ग जोडेर अंतराष्ट्रीय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खंडन र चीनलाई कूटनीतिक नोट नेपाल सरकारले मांग नगरूनजेल अंतराष्ट्रीय समुदाय एयरपोर्ट प्रतिको संदेह नहटने बताउनु भयो।

एयरपोर्टमा भएको भ्रस्टाचारीहरु लाई कार्यवाहीको दायरामा नलाये सम्म आफुहरुको आंदोलन जारी रहने बताउनु भयो। कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङ लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed