CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यातायात कार्यालय बारा द्वारा ४ महिनामा २ करोड २० लाख राजस्व संकलन

फेटा GP PSA
312
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २५ बैसाख बीरगंज  

बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेश प्रदेश सरकारको सहयोगमा बारा जिल्लाको सदरमुकाम कलैयाको गंगापुरमा मंसिर २५ गते देखि यातायात व्यवस्था कार्यालयको सेवा सुरु भएको र सेवा सुरु गरेको दिन देखि अहिले सम्म दुइ करोड भन्दा बढि राजस्व उठाउन सफल भएको छ। उक्त यातायात कार्यालयका प्रमुख नवाज हुसैनले अहिले यस कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गरि रहेको बताए।अहिले धेरै जसो यातायात व्यवस्था कार्यालयमा विभिन्न आर्थिक मामिलामा पटकपटक मुछिने गरेकोले त्यसबाट मुक्त गर्न र सेवाग्राहीको काम छिटोछरितो गरेर कार्यालयमा भिड कम गर्न आफुले निर्देशन दिएको बताए ।

Karaiya Mai Notice Winter

कार्यालय प्रमुख नवाज हुसैनले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रभा गरिरहेको बताउनुभयो। कार्यालयमा रहेका कर्मचारीले बिहान ७ बजेदेखि राती ९ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उहाँको भनाई छ।त्यस्तै अहिले यातायात व्यवस्था कार्यालय बारा जिल्लाको सम्पुर्ण सेवाहरु अनलाइन मार्फत प्रदान गरिने भएकोले कुनै पनि काम बिचौलिया मार्फत नगराउन उनले जानकारी गराए।

उक्त कार्यलयमा लाइसेन्सका लागि फाल्गुन २३ गते बाट नया तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यलयमा अहिले सम्म ११९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमानि पत्र लिने अन्तिम चरणमा पुगेका छन।अहिले धेरै जसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने ब्यक्तीहरु पढेलेखेका भएर लिखितमा पास भएपनी प्रयोगात्मक परिक्षामा फेल हुने गरेका छन।

पहिला पहिला सवारी चालक अनुमति पत्र बनाउनको लागि बिरगंज र हेटौडा जानु पर्ने रहदै आएकोले अब सो समस्याको समाधान भएपछि अहिले सवारी चालक अनुमति पत्र कलैयामा नै बनाउन पाइने भएपछि बारा जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरू समेत सेवा लिन आउन थालेका छन्।अहिले सो कार्यालयले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टर लगायतका सवारी साधनहरूको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमति पत्र दिँदै आएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश