विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित

श्री नेपाल राष्ट्रीय रामचन्द्र राउत सलोतरी देवी अहीर प्राथमिक विधालय लमरियामा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरुले दीवा खाजा खान नपाएको भेटीएको छ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २ जेष्ठ पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा
Karaiya Mai Notice Winter
को पोखरीया नगरपालीकाको वडा नं. २ लमरियामा रहेको विद्यालयमा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित भएका छन् ।

श्री नेपाल राष्ट्रीय रामचन्द्र राउत सलोतरी देवी अहीर प्राथमिक विधालय लमरियामा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरुले दीवा खाजा खान नपाएको भेटीएको छ।

सो विधालयमा कक्षा ६ सम अध्यन्न हुने र विधार्थी संख्या अत्यन्त न्यून रहेको छ । बाल विकास कक्षामा  ३० जना कक्षा १ र २ मा ३९ जना , कक्षा ३ र ४ मा ५ जना ,कक्षा ५ मा ६ जना र कक्षा ६ मा ११ जना  विधार्थी संख्या आज भेटीएको  थियो ।

विधालयमा अध्यनरत रहेका कुल विधार्थी संख्या प्रधानाध्यापक संग  बुझदा   प्र. अ. साहले बताउन चाहेनन ।

प्रधानाध्यापक प्रयाग साहले नगरपालिकाले  पैसा नपठाएका कारणले बालबालिकाहरुको  दीवा खाजा बन्द भएको बताए ।

यता ,पोखरिया नगरपालिकको  शिक्षा शाखा प्रमुख विजय झा संग बुझ्दा खाजा बन्द भएको कुरा प्र. अ.ले  आफूलाई जानकारी नदिएको भन्दै उपस्थित विधार्थी संख्या विधालयले न पठाउदा समस्या भएको जानकारी दिए ।
सरकारले एक विधार्थी बराबर १५ रुपियाको दरले खाजा भाता उपलब्द गराउदै आएको  छ।

 

के हो दिवा खाजा कार्यक्रम ?


विभिन्न खोज र अनुसन्धानबाट समेत पुष्टि भइसकेको पोषण र सिकाइबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गरी नेपाल सरकारले सामुदायिक विद्यालयमा लागू गरेको महत्त्वपूर्ण कार्यक्रम हो– दिवा खाजा कार्यक्रम। ‘स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ’ भन्ने मान्यतालाई स्वीकार गरी नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ। त्यसो त, सन् १९६७ देखि नै यो कार्यक्रम केही जिल्लामा लागू भएको थियो। एक बालकले खानाबाट दैनिक प्राप्त गर्नुपर्ने पौष्टिकताको कूल अंशमध्ये दिवा खाजाबाट ३० प्रतिशत प्राप्त गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यताबाट प्रभावित भई यो कार्यक्रम लागू गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed