विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्रीसियामा मर्मत सम्भार हुन लागेको सार्वजनिक धर्मशालाको काम स्थानीय द्वारा रोका

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २३ जेष्ठ पोखरिया

     पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसीयामा रहेको सामुदायिक धर्मशालाको मर्मत सम्भारमा ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरिरहेको भेटिएपछि स्थानीयले काम रोकेका छन् ।

 

श्रीसीयामा रहेको धर्मशालाको मर्मत सम्भार र स्तरोन्नत्तीका लागि मधेस प्रदेश सरकारले पठाएको १५ लाख रुपैयाँ बजेट पठाएको छ । उक्त बजेटबाट अहिले धर्मशालाको मर्मत सम्भार र स्तरोन्नत्तीको काम भइरहेको छ ।

 

 

Karaiya Mai Notice Winter

ठेकेदार धीरेन्द्र चौहानले धर्मशालाको मर्मत सम्भारमा कमसल गुणस्तरको ईंट्टा, सिमेन्ट लगायतका सामग्री प्रयोग गरेपछि स्थानीयले काम रोकेका हुन् । कमसल निर्माण सामग्री प्रयोग नगर्न स्थानीयले मौखीक रुपमा सचेत गराउँदासमेत ठेकेदार चौहानले अटेर गरेपछि काम रोकेर वीरगन्जस्थित सहरी विकास तथा भवन कार्यालयमा पुगेर गुनासो गरेका थिए ।

 

स्थानीयले काम रोकेपछि शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर रामबालक यादव यादवले निर्माणस्थलमा पुगेर निरीक्षण गर्दै कमसल ईंट्टा प्रयोग गरी निर्माण गरिएको पर्खाल भत्काउन ठेकेदारलाई निर्देशन दिए ।

 

 

 

इन्जिनियर यादव निरीक्षणका लागि पुगेका बेला वडाध्यक्ष सीमानन्द प्रसाद चौहान,नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण प्रसाद चौहान लगायतकोपनि उपििस्थती थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed