CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नियत बस फसाउन खोजिएको पेट्रोल पम्प संचालक श्रीवास्तव

नगर, प्रशासन तथा केहि संचारकर्मी हरु लागि परेको आरोप

फेटा GP PSA
3,566
सिम्रौन्गढ़ नपा psa

1बारा ।।  पथलैया – विरगञ्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुरसिमरा उप महानगरपालिका सडक छेउमा पर्ने जग्गा सम्बन्धमा नगर प्रशासकिय प्रमुख शिवराज सेढाई संग वडा सिमाङ्कन बारेमा बुझ्दा जिल्ला प्रशासन बाट प्राप्त पत्रको आधारमा हामीले सोहि अनुसार सोहि वाडा लाइ पत्र पठाएको बताए। नगरपालिकाले सात दिनपछि जग्गा खालि गराउन पेट्रोल पम्प सञ्चालक श्रीवास्वतलाई पठाएको पत्रको बोधार्थ पत्र वडा नं २३ को वडा कार्यालयलाई समेत पठाएको छ ।

जीतपुरसिमरा उप महानगरपालिका को वडा नं २३ को मुल सडक छेउमा २४ वर्षदेखि सञ्चालनमा रहेको श्री चित्रगुप्त पेट्रोल पम्प सञ्चालक श्रीवास्वतले आयल निगमलाई बुझाएको कागजपत्रमा व्यक्तिगत कित्ता नं ४५५ उल्लेख गरी सार्वजनिक जग्गाको कित्ता नं ६१ र कित्ता नं ३३ मा सञ्चालन गर्दै आएको नापी कार्यलयले गरेको स्थलगत नापजाँचका क्रममा भाडामा(लिजमा) लि संचालन गर्दै आएको पत्ता लागेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साविकको रामपुर टोकनी गाविस वडा नं २ (क) हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १० को २०२२ सालमा सार्वजनिक जग्गा रहेको नगर प्रमुख कृष्णा पौडेलले बताए । भोगचलन भएका कित्ता नं ३३ र कित्ता नं ६१ मा निमार्ण भएका चित्रगुप्त पेट्रोल पम्पका सम्पूर्ण भौतिक संरचना ७ दिनभित्र हटाउन पम्प सञ्चालक सुरेन्द्र प्रसाद श्रीवास्वतलाई नगरपालिकाले निर्देशन दिएको हो । नगरपालिकाले (शुक्रवार) पत्र पठाएर सात दिनभित्र भौतिक संरचना नहटाए कानुन बमोजिङ्ग कारबाही हुने जानकारी समेत गराएको छ ।

Karaiya Mai Notice Winter

जीतपुरसिमरा उपमहानगरपालिका र नापी कार्यालय सिमराको प्राविधिक टोलीले मंगलवार स्थलगत रुपमा नाँपजाँचका क्रममा पेट्रोेलपम्म सार्वजनिक तथा प्रति जग्गाको कित्ता नं ६१ र ३३ को ५ कठ्ठा १८ धुरमा रहेको नापी कार्यलयले तयार गरेको मुचुल्का सम्बन्धमा नगर प्रमुख पौडेल संग बुझ्दा जुन पनि वादाको जग्गा भए नगरकै जग्गा हो त्यसकारण २३ नम्बर वादाका वडा अध्यक्ष लाइ पठाइएको बताए।

जिल्ला प्रशाशन कार्यालय को अनुसार नै किन पत्र पठाउनु भएको त्यसलाई सच्याएर पनि पठाउन सकिन्थ्योनि भन्ने प्रश्नको जवाफमा नगर प्रमुख पौडेलले भने त्यो सच्याउन सकिन्थ्यो तर हामि कुनै नियत बस कसैलाई फसाउने उदेश्यले वडा नम्बर २३ का अध्यक्ष लाइ पत्र नकाटेको बताए। वाडा नम्बर १० मा रहेको जग्गा हो कि कुन वाडामा हो भन्ने कुरा मात्र हैन सबै वाडाको सिमाङ्कन हामि चाडै नै टुंगो लगाउने बताए।

चित्र गुप्त पेट्रोल पम्प का संचालक श्रीवास्तवको भनाइ अनुसार नियत बस म लाई बदनाम गराउने उदेश्यले व्यक्तिगत जग्गा लाइ सार्वजनिक जागा भनि नगर, प्रशासन तथा केहि संचारकर्मी हरु लागि परेको आरोप लगाएका छन्। कित्ता नम्बर ६१ मा १ बिघा १७ कठ्ठा र कित्ता नम्बर ३३मा ९ कठ्ठा रहेको मध्ये त्यहि जग्गाको केहि भागमा मात्र बिबाद खडा गरिएको तर अरु बिभिन्न जागा हरुको बारेमा कुनै वास्ता नगरि मलाइ नै निशाना बनाइ नियत बस म लाई फसाउन खोजिएको श्रीवास्तवको आरोप रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश