विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२४ घण्टा भित्र कडा कारवाहीको माग

सिम्रौन्गढ़ नपा psa

विराटनगर । नेपाल सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनले नियोजित रुपमा अपमान गरेको भन्दै अन्तरवार्ता लिने पत्रकारलाई कडा कारवाहीको माग गरेको छ ।
उक्त माग समाजवादी यूवा फोरम केन्द्रिय समिति र जिल्ला समिति मोरंगले छुट्टा–छुट्टै ज्ञापनपत्र मार्फत सो माग गरेका हुन । प्रधानमनत्री तथा मन्त्री परिषदको कार्यालय काठमाण्डौलाई जिल्ला प्रशासन कार्यालय मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत एभिन्यूज टेलिभिजन संचालकले माफी माग्नु पर्ने र अन्तरवार्ता लिने पत्रकार शुशील पाण्डेलाई कारवाही गर्नु पर्ने यूवा फोरमले माग गरेका छन् ।

Karaiya Mai Notice Winter

सो ज्ञापन पत्रमा भनिएको छ अपमान गर्ने उदेश्यले अन्तर्वातामा बोलाई नश्लवादी चिन्तनले ग्रसित, दुरासाय यूक्त र पूर्वाग्रही मनसायले प्रश्न गर्ने अशिष्ठ शैलै प्रयोग गरी पूर्वाग्रही विचारमा जवरजस्ती सहमती गराउन खोज्ने तथा स्वती गराउन खोज्ने तथा स्वच्छ तथा स्वतन्त्र पत्रकारीताको अधिकारलाई दुरुपयोग गरी आफूलाई सविधान भन्दा भएका मिडियाको आडमा जे गरेपनि ठान्ने एभिन्यूज टेलिभिजन र अन्तर्वाताले पत्रकार पाण्ड अभद्र र क्षुद्र शव्द प्रयाोगले पार्टी अध्यक्ष नेपाल सरकारका उपप्रधान मन्त्री यादवलाई वोलाई अपमान गरेकोले यूवा समिति घोर भत्र्सना गरेको छ ।
नेपालको पत्रकारीता क्षेत्रलाई स्वतन्त्र, स्वच्छ र निस्पक्ष रुपमा सूचना सम्प्रेसन गर्ने निकाय भएपनि यस घटनाले सिंगो प्रेस माथि नै प्रश्न उठी रहेको छ ।
सार्वजनिक रुपमा एभिन्यूज टेलिभिजनका संचालकले माफि माग्नु पर्ने र शुशिल पाण्डेलाई कडा–भन्दा कडा सजायको माग गरेको छ ।
ज्ञापन पत्र बुझाउन समाजवादी यूवा फोरमकाकेन्द्रिय समितिको नेतृत्व संयोजक अनिल ठाकुरले गरेका थिए भने जिल्ला समितिको नेतृत्व मोरंग जिल्ला अध्यक्ष मोहम्मद फाईयाजले गर्नु भएको यियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed