CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सामा ट्राफिक नियम उल्लंघन गरे वापत ३ करोड राजश्व संकलन

फेटा GP PSA
271
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ५ श्रावण बीरगंज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र त्यसका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा तीन करोड रुपेयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।

गत आर्थिक बर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधन र त्यसका चालकलाई कारबाही गरेर ३ करोड १६ लाख ३८ हजार ३९१ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २९ हजार ५०७ सवारी साधन कारबाहीमा परेका हुन् ।

 

Karaiya Mai Notice Winter

तीमध्ये सबै भन्दा बढी १० हजार ७५२ ट्रक चालकलाई कारबाही गरी उनिहरुबाट जरिवाना बापत १ करोड ५४ लाख ५१ हजार ५१ रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । यस्तै ट्राफिक नियम मिचेका १२ हजार ७७४ जना मोटरसाइकल चालकलाई कारबाही गरि उनिहरुबाट जरिवाना बापत ८८ लाख ७८ हजाार ५५१ रुपैयाँ र २ हजार १६७ वटा हलुका सवारी (कार,जीप र भ्यान) लाई कारबाही गरि २० लाख २१ हजार ७५२ रुपैयाँ राजश्व उठाइएको खतिवडाले बताए । यस्तै १ हजार ३५ वटा ईरिक्सा र टेम्म्पोलाइ कारबाही गरी ७ लाख ३२ हजार १०० , ४ सय ६ वटा ट्याक्टरबाट ३ लाख ४० हजार ५०० र २ सय ३८ वटा बसबाट २ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार ९९ सय जना चालकलाई कारबाही गरी उनिहरुबाट जरिवाना बापत ११ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । यस्तै हेल्मेट र सिट बेल्ट नलगाई सवारी चलाउने ८ सय ९८ चालकबाट ४ लाख २२ हजार रुपैयाँ, सवारी चालक अनुमतिपत्र (लाइसेन्स ) बेगर सवारी चलाउने २ हजार ९ सय ४८ चालकबाट ३० लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरिएको उनले बताए । यसैगरि सिट क्षमता भन्दा बढी यात्रु चढाउने ६ सय ४० चालकबाट ६ लाख ४४ हजार ५०० रुपैयाँ जरिवाना असुलिएको जानकारी खतिवडाले दिए ।

 

 

अघिल्लो आर्थिक बर्ष २०७९÷८० मा भने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ३५ हजार ५३४ वटा सवारी र सवारीसाधन र त्यसका चालकलाई कारबाही गरेर जरिवाना बापत ३ करोड ४२ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

 

शहरसंगै ग्रामीण भेगमापनि ट्राफिक प्रहरीको परिचालन गरिएको तथा समुदाायतथा विद्यालयस्तरमै ट्राफिक सचेतनासम्बन्धि जनचचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका कारण पर्सामा पछिल्लो समय ट्राफिक उल्लंघनका घटना कम हुदै गएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए । ट्राफिक उल्लंघनका घटनाा कम हुदाँ जरिवाना बापत असुलिने राजश्वको परिमाण पनि घटेको उनले बताए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश