विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जको महिलालाई उद्योग व्यापारमा प्रेरित गर्न प्रदर्शनीको आयोजना

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ५ श्रावण बीरगंज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक विकास सम्भव छैन । खासगरी अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ । अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ, जुन सकारात्मक छ ।

त्यसैले वीरगंजमा वुमन क्रियशन को आयोजनामा आज महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा प्रेरित गर्ने उदेश्यले व्यापार प्रदर्शनीको आयोजना गरिएको छ । महिला उद्यमीहरूलाई व्यवसाय प्रबद्र्धनका लागि समेत प्रदर्शनीको आयोजना गरिएको हो ।

Karaiya Mai Notice Winter

वीरगंजको दियालो लर्डस होटलमा आयोजित कार्यक्रममा महिलाहरु द्धारा उत्पादित घरेलु हस्तकलाका सामाग्री,खाद्य सामाग्री,श्रृंगार सामाग्री, तयारी कपडा,इलेक्ट्रोनिक सामान, फाष्टफुडका बिभिन्न परिकार सहितका स्टलहरु गरी ७० वटा स्टल राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामीसबै जुट्नुको बिकल्प नभएको बताउनुभएको छ । उहाँले राजनिती चुनावको बेला गरौं भन्नुहुदै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो ।

वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो ।

उद्घाटन कार्यक्रम पछि नगर प्रमुख सिंह लगायत वीरगंजका उद्योगी व्यबसायीहरुले प्रदर्शनी स्थलको अवलोकन गर्नुभएको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed