CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजदुत H.E.Mr. Hanan Goder Goldberger र मन्त्री शरतसिंह भण्डारी बीच छलफल

फेटा GP PSA
4,753
सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सँग नेपालस्थित महामहिम राजदुत H.E.Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी टु जी प्रकृया अन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल पठाउने सिलसिलामा भईरहेको छनोट प्रकृयाका बारेमा समेत छलफल भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भेटका अवसरमा हाल छनौटको चरणमा रहेका ५०० जना मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवार गरी जम्मा ८०० जना नेपाली श्रमिकहरु इजरायल लैजाने भनिएकोमा सो सँख्या बढाएर १००० मुख्य उम्मेदवार र १००० वैकल्पिक उम्मेदवार गरी कुल २००० जनासम्म नेपालीहरु लैजान सकिने गरी सहमति भएको छ । साथै आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरु इजरायल लैजान सकिने बारेमा समेत छलफल भएको छ।

उक्त भेटका अवसरमा माननीय मन्त्रीज्यूबाट नेपाल इजरायल बीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल-प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली श्री विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्था बारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल हुन विशेष अनुरोध समेत गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश