CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफ्नै दुई छोरा छोरीको हत्या गरी फरार आमा पक्राउ

फेटा GP PSA
370
सिम्रौन्गढ़ नपा psa

विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई सानी बालिकाको हत्या गरी फरार भएकी आरोपित आमालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो।

विज्ञप्ति अनुसार, सुन्दरहरैचा-७ की २१ वर्षीया अस्मिता पौडेल (कार्की) ले आफ्ना १ र ३ वर्षका दुई छोरीहरुलाई विषादी खुवाएर हत्या गरेको आरोप छ। श्रीमानसँग सामान्य विवाद भएपछि गत शुक्रबार साँझ अस्मिताले दुवै छोरीलाई लिएर घर छोडेकी थिइन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शनिबार साँझ सुन्दरहरैचा-७ स्थित एक केरा बगानमा दुवै बालिकाको शव फेला परेको थियो। घटनापछि फरार रहेकी अस्मितालाई प्रहरीले मंगलबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा अस्मिताले छोरीहरुलाई विषादी खुवाएर मारेको र आफूले पनि केही विषादी सेवन गरेको बताएको प्रहरीले जनाएको छ। घरायसी विषयमा पटक-पटक श्रीमान्-श्रीमतीबीच विवाद हुने गरेको खुलेको छ।

प्रहरीले अस्मिताविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। थप अनुसन्धानका लागि अदालतबाट ४ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश