CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल

फेटा GP PSA
4,794
सिम्रौन्गढ़ नपा psa

काठमाडौँ।

राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको प्रमुख वक्ता एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीले विश्वकर्मा पूजाको सांस्कृतिक महत्व र श्रमिक दिवससँग यसको सम्बन्धबारे विशेष जोड दिनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सुवेदीले आफ्नो मन्तव्यमा भन्नुभयो, “हिन्दू संस्कृतिमा श्रमिकको सम्मानलाई अत्यधिक महत्त्व दिइएको छ, जसको प्रत्यक्ष उदाहरण भगवान विश्वकर्मा हुन्। भगवान विश्वकर्मा श्रमिकको प्रतीक हुन्, र यसैले विश्वकर्मा पूजा वास्तवमा श्रमिक पूजाको नै स्वरूप हो। हाम्रो सांस्कृतिक मान्यतामा श्रमिकका रुपमा भगवानको पूजा हुने गर्वको विषय हो। तथापि, सांस्कृतिक अतिक्रमणको प्रभावस्वरूप हामीले पश्चिमी मान्यता अनुरूपको मई दिवसलाई अपनाउनुपर्ने बाध्यता छ, जुन दुर्भाग्यको कुरा हो। यसलाई परिवर्तन गर्दै, हाम्रो संस्कृतिमा आधारित श्रमिक दिवसको प्रचार-प्रसार गर्नु आवश्यक छ।”

कार्यक्रममा अभियानका वरिष्ठ नेता माननीय बिपी यादवले पनि आफ्नो विचार राख्दै हिन्दू संस्कृतिमा श्रमिकको योगदानलाई उजागर गर्नका लागि विश्वकर्मा पूजाको महत्त्वलाई अझै गहिरो ढंगले बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका अन्त्यमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विश्वकर्मा पूजालाई श्रमिक पूजा का रुपमा मनाउने परम्परालाई प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभियानको तर्फबाट आगामी वर्षदेखि यस पर्वको प्रचार-प्रसार लाई व्यापक रूपमा गर्ने योजना रहेको जानकारी दिनु भयो। कार्यक्रम संचालन अभियानका युवा नेता दिवस पटेलले गर्नु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश