

रामजी यादव, बीरगंज, पर्सा।
हुनत समाज सेवा धेरै तरिकाले गरिन्छ तर यस्ता पनि समाजिक सेवा हो, जुन धेरै नै दुशकर भए पनि गर्ने गरिन्छ। सबै जनता लाई भविष्य निश्चिन्तता, सुरक्षा तथा बचतका लागि जीवन विमा बाट सेवा गर्ने गरिन्छ, जुन सर्वसाधारण गर्न लाई बारम्बार विभिन्न खाले विभिन्न समयमा तिरस्कार गर्ने गरेका हुन्छ। तर पनि जीवन विमा गर्न लाई बारम्बार प्रयत्न गर्दा गर्दै विमा गरि नै छड्ने गरिन्छ।




नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रमको आयोजना गरि डायमण्ड रिर्सोट होटल बीरगंजमा सम्पन्न गरेको छ।नेपाल लाईफ इन्स्योरेन्स क.लि.बीरगंजमा भएको अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रममा बरिष्ठ सिनियर एजेन्सी मनैजर अम्बिका साह तेली अन्तर्गतका अभिकर्ता,बि.सी.र एजेन्सी मैनेजरहरुलाई खादा गमछा र टिका लगाई भब्यरुपमा स्वागत गरिएको हो।
नेपाल लाइफ इन्स्योरेन्स क.लि.बीरगंज शाखाका बरिष्ठ सिनियर एजेन्सी मैनेजर अम्बिका साह तेली द्वारा आयोजित कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स क.लि.को बिभिन्न बिमा योजनाको सुबिधाको बारेमा सिनियर अम्बिका साहले जानकारी गराए। नेपाल लाइफ इन्स्योरेन्स क.लि.को चर्चित बिमा योजना, जिवन सहारा बिमा योजना, केटाकेटी सुनौलो भबिष्य बिमा योजना, जिवन सारथी बिमा योजनाको बारेमा अभिकर्ता तथा बि.सीहरुलाई मोटिभेसन्ल कार्यक्रम द्वारा प्रदेश क्षेत्रिय प्रमुख दशरथ झाले जानकारी गराएका थिए।नेपाल लाईफ इन्स्योरेन्सको अभिकर्ता ब्यवसायिक सुबिधाको बारेमा आयोजक बरिष्ठ सिनियर एजेन्सी मनैजर अम्बिका साहले जानकारी गराउनुभयो।
अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रमका प्रमुख अतिथिमा नेपाल लाईफ इन्स्योरेन्स क.लि. मधेश प्रदेशका क्षेत्रिय प्रमुख दशरथ झा, बिशिष्ट अतिथी मधेश प्रदेश क्षेत्रिय कार्यालयका कम्प्युटर अपरेटर प्रकाश प्रबिन, अतिथी बीरगंज शाखा प्रमुख चिरञ्जिवी मिश्रा, बरिष्ठ एजेन्सी मैनेजर नरेश पटेल, उमेश साह, श्रीराम साह, पुनम साह, लगायत पर्सा बारा र रौतहट नेपाल लाईफका एजेंसी मैनेजर, बि.सी.अभिकर्ताहरुको उल्लेखनीय सहभागिता रहेकोे थियो। कार्यक्रमको सहजिकरण बरिष्ठ एजेन्सी मैनेजर कमल बरालले गर्नुभएको थियो।





