CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सप्तरीमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी पूर्व अभ्यास कार्यक्रम सम्पन्न

फेटा GP PSA
374
सिम्रौन्गढ़ नपा psa

उमेश कुमार १६ असोज सप्तरी 

सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिद्वारा सशस्त्र प्रहरीको संयोजनमा सप्तरी जिल्ला
कुनौली सडक खण्ड अन्तर्गत बिष्णुपुर गाउँपालिकामा बुधबार सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
हाल नेपालमा सडक दुर्घटना भयावह बनिरहेको छ । मुलुकमा पछिल्लो समय सवारी दुर्घटना र त्यसले निम्त्याउने जनधनको क्षति बढ्दै गएको छ । सडक दुर्घटनामा परी दैनिक सरदर दर्जनौं भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । दुर्घटनामा घाइते तथा अंगभंग हुनेको संख्या मर्नेको भन्दा निकै बढी हुने गरेको छ । कतिपय दुर्घटना निकै दर्दनाक र धेरैलाई स्तब्ध पार्ने हुन्छन् । एउटै दुर्घटनामा दर्जनौं मानिसले ज्यान गुमाउनु पर्ने अवस्थासमेत आउने गरेको छ । मानवीय क्षतिको हिसाबले साना–ठूला दुर्घटना देशका सबै क्षेत्रमा दिनहुँ हुने गरेका छन् । यसरी दिनहुँ हुने सवारी दुर्घटनामा नागरिकको ज्यान गइरहेको हुन्छ। धेरैको ज्यान जाने दुर्घटनाप्रति क्षणिक चिन्ता व्यक्त तथा दुर्घटनाले धेरथोर मानवीय र भौतिक क्षति गरेकै हुृन्छ । सडकमा हुने साना–ठूला सबै दुर्घटनालाई गम्भीररुपमा तथा जनचेतनाको कमिले गर्दा पनि दुर्घटना बढ्दै गएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त नमूना अभ्यासमा प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो ।
नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले संयुक्त रुपमा दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेका हुन् । कार्यक्रममा घाइतेहरुको उद्धार भइरहँदा केहि व्यक्ति यात्रुको सामान लिएर गइरहँदा सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिए । पक्राउ परेकाले आफूहरु उद्धार गरिरहेको बताएपनि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनायो । कार्यक्रममा दुर्घटना भएपछि कसरी घाइतेको उद्धार गर्ने र ज्यान बचाउने सम्बन्धी पूर्व तयारीको प्रदर्शनी गरिएको छ ।

Karaiya Mai Notice Winter

कार्यक्रम उनले सूचना पाएपछि सुरक्षाकर्मीले घाइतेको तत्कालै उद्धार गर्न गरिएको प्रदर्शनी वास्तविकका लागि फलदायी हुने विश्वास व्यक्त गरे । उनले व्यक्तिको ज्यान जान सक्ने ठाउँमा सुरक्षाकर्मी बचाबका निम्ति समयमै गइरहेको र भविष्यमा अझ चाँडो जाने विश्वास व्यक्त गरे ।
विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बर्तमान समयमा दुर्घटना बढिरहेकाले यसको सबै मिलेर न्यूनिकरण गर्नुपर्ने बताए । साथै विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो।

सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेलले झण्डै दुई साता सुरक्षाकर्मीले यस सम्बन्धी प्रशिक्षण लिदैं बुधबार डेमो प्रस्तुत गरेको जानकारी दिए । उनले दुर्घटना न्यूनिकरणका लागि सबैले हातमा हात मिलाएर काम गर्नुपर्ने बताए ।

प्रदर्शनीमा जिल्ला समन्वय समितिका सभापति शिबनारायण साह, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, रेडक्रसका अध्यक्ष जोगेन्द्र भगतसहितको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश