CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बीरगंज नाकाको मितेरी पुल स्थिति भारतीय एस एस बि ले नेपाल तर्फ गोली चलाए।

फेटा GP PSA
341
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २९ असोज वीरगन्ज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको खबर प्राप्त भएको छ ।

 

नेपाल–भारत सिमामा अवस्थित मितेरी पुलको तल तिरको नेपाली भूभागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् ।

 

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले बताइन् ।

 

Karaiya Mai Notice Winter

एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले जानकारी दिइन् । एसएसबीले गोली चलाएपछि भने उनिहरु नेपाल तर्फ भागेको बताइएको छ ।

 

एसएसबीले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

 

यसबारेमा जानकारी लिन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई टेलिफोनमा सम्पर्क गर्दा उनलले मितेरी पुल क्षेत्रमा गोली चलेको खबर मात्रै आँफुले पाएको तर यसको आधिकारीक पुष्टि हुन बाँकी रहेको बताए ।गोली चलेको भनिएको स्थाानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुलाई आँफुले पठाइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी भुसालले भने,‘ दुवै एसपीसाबलाई मैले त्यहाँ पठाइसकेको छु ।

 

तर उहाँहरुबाट यसबारेमा अहिलेसम्म कुनै रिपोर्टिङ भइसकेको छैन ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल र प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलाई फोन गर्दा दुवै जनाले फोन नउठाएका कारण घटनाको यकिन र विस्तृत विवरण प्राप्त हुन न सकेको संचारकर्मी राहुल गुप्ताले जानकारी दिएका छन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश