
कलैया, बारा।
मानव सभ्यतामा उज्यालोको महत्व धेरै छ । उज्यालो विना धर्तीमा जीवन नै सम्भव छैन । सम्पूर्ण जगत नै सूर्यको उज्यालोले चलायमान बनाएको छ। पृथ्वीको पारिस्थितिकीय प्रणाली पनि सूर्यकै प्रकाशमा भर पर्दछन् । जीवन चाहे मानवको होस् या जीवजन्तु, सरीसृप तथा अन्य जैविक प्राणी सबैमा प्रकाशले साथ दिएको हुन्छ। तर हाल एकाइसौ सत्तावदीमा आईपुग्दा कृत्रिम सौर्य उर्जाले सजिलो भएको मानव सभ्यताले अनुभूति गर्न थालेका छन्।




तर यो चाड पर्वको दिनमा त निकै नितान्त आवस्यक हुन्छ। तैपनि बारा जिल्लाको दक्षिणी भागमा रहेको सुवर्ण गाउँपालिकाको वडा न.८ भिश्वा चौक वर्षौ देखि अंध्यारोमा बस्न बाध्य भएका छन्। हिन्दुहरुको महान चाड वडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा पनि अँध्यारो जीवन बिताउन बाध्य भएका छन्। स्थानीयहरुका अनुसार हामिले पटकपटक भन्दा पनि जनप्रतिनिधि झाडाटार्दै कसैले नसुनेको जस्तो गर्दा बुझ पचाउने लाई कसले बुझाउन सक्छ भन्ने निराशाजनक ब्यथा पोखेका छन्। वडा अध्यक्ष तथा गापा अध्यक्ष आखिर मानव नै छन्। र मानव भएर मानवको पीडा यदि बुझ पचाउ गर्छन् भने त्यस लाई हामीले के संज्ञा दिने आफैनै आफू लाई मुल्यांकन गर्नुपर्ने कुरा हो।
वडा अध्यक्ष सैबुल्लाह मिया संग बुझ्दा गापा अध्यक्ष लाई बारम्बार भन्दा पनि चासो नदिएको सुचना पाए संगै गापा अध्यक्ष राजेश यादव संग बुझ्दा पालिकाको अधिनस्थ नरहेकोले हामी केही गर्न नसकेको बताए। प्रादेशिक बजेटले बनाएको र त्यसको वारेन्टी समय ननाघेकोले हामिले गर्न नमिल्ने बताए।
वास्तविक रूपमा त्यस्तो भएको भए वडा अध्यक्ष र गापा अध्यक्ष सबैको जवाफ पनि एउटै हुने थियोे तर भएन। यसर्थमा केकुरा सत्य वा असत्य रहेको बारे जनता आफै बुझ्ने छन्।






Comments are closed, but trackbacks and pingbacks are open.