
कलैया, बारा।
जसपा नेपाल बारा जिल्लाको विस्तारित बैठक लाई संबोधन गर्दै प्रमुख अतिथिको आसन बाट केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले संघियता खारेज गर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको हो। नेपाल सरकारले आफ्नो निजि स्वार्थमा मात्र लागेर देश माथी मात्र ऋण थुपार्नुको बाहेक केहि गर्न नसकेको बताए। ३५ वर्षमा २४ खरब भन्दा बढी ऋण बोक्न सफल भएको र चुकाउने क्षमताको विकास बारे कुनै अधार निर्माण बारे चर्चा समेत नगरेको अवस्थाले आज देशको हालत यस्तो भएको टिप्पणी गरेका हुन्।



जनता समाजवादी पार्टी नेपालले लिएको लक्ष्य अझै पूरा नभएको र त्यस लाई पूरा गर्न सर्वप्रथम जनताले आफ्नो मतको सहि सदुपयोग गरेर त्यस्ता कु-तत्वलाई परास्त गर्नु पर्छ। किनकी देश लाई चिनाउन र सर्वसाधारण लाई सुशासन, स्वास्थ्य, रोजगारी, शिक्षा लगायत यावत कुरालाई पूरा गर्न कुनै पार्टी संग लक्ष्य नरहेको भन्दै पार्टीहरुको उपनाम दिदै अलंकृत गरेका थिए। नेपालमा वास्तविक कम्युनिष्ट नभएर कमाउनिष्ट तथा अवसरवाद मात्र पार्टी रहेको यादवले बताएका हुन्।
संघीयता हाल नेपालमा नामको लागि मात्र दिएर फेरि आफ्नो सत्ता सञ्चालन गर्ने षड्यन्त्रमा लागि देशमा लागू भएका अधिकार फेरि खोस्ने खेलको सञरचना गर्न लागेको समेत अध्यक्ष यादवले आरोप लगाएका हुन्। देश लाई खोख्ला बनाउन प्रधान न्यायाधीश, प्रहरी प्रमुख, राजदूत, अख्तियार प्रमुख, प्रधान सेनापती, लगायत संबैधानिक अंगहरुमा आफ्नो नश्लिय चिन्तनका साथ आफ्नो गोजिको व्यक्ति लाई मात्र लगाएर भ्रष्टाचार अनियमितता अत्याचार दुराचार लगायतका गतिविधिमा मात्र व्यस्त रहेको यो पार्टीहरुको सरकार रगतको बताए। नेपाल काण्डै काण्डले भरिएको देश रहेको कुराले प्रमाणको कुनै आवस्यक नरहेको बताए।

संघीयताको नाममा स्वायत्तताको नाममा त्यसको स्तिपजर प्रणाली लिएर हिडिरहे बताउदै हरेक क्षेत्रमा संघिय सरकारले आफ्नो कार्यालय राखेर अधिकार खोसेको बताएका हुन्। र यश लाई बचाउन यो संविधान लाई जसरी भएनी संसोधित गरेर होस वा पुनर लेखन गरेर होस् तर मधेशी, आदिवासी जनजाति मुस्लिम लगायत पिछडिएका वर्ग लाई अधिकार दिलाउनु पर्छ भन्दै जोड दिएका हुन।
थ्रेस होल्डको नाममा अल्पसंख्यक लाई राजनीति बाट किकआउट गरि एकल शासन सत्ता कब्जा गर्ने खेलमा लागेको कुरा लाई यादवले भन्डाफोर गरेका हुन्। विभिन्न बहानामा सरकारले आफ्नो सत्ता बचाउन ३५ वर्षमा ३५ भन्दा बढी सरकार परिवर्तन गरि सकेको कुरा सर्बविदित रहेको बताए। यी सबै कारणले अब यी पार्टीहरु बाट देशको भविष्य सुदृढ नरहेकोले हामी लाई सजग भएर एउटा सुत्रमा बाधेर अगाडि बढ्नु पर्ने नितान्त आवस्यक रहेको बताए।
त्यस्तै पुर्व मुख्य मन्त्री लालबाबुराउत गद्दीले पनि सरकारले संविधानमा उल्लेख गरिएको अधिकार हालको सरकमा आबद्ध रहेका नेपाली काङ्ग्रेस र एमाले खोन लाई विभिन्न चलखेलमा लागेको कुरा जनतामा फिजाउन अर्थात बताउन आवस्यक रहेको बताए।
पुर्व मुख्य मन्त्री सरोज यादवले पनि आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेस तथा अन्य दल लाई खुल्ला चुनौतीको रुपमा नेपाल र नेपालीका लागि केके कुरा गरेर देखाए गिन्ती गरेर देखाइ देउ सरकार, जनताले सबै मुल्यांकन गर्दै औला गिन्ती गर्दै छ, कति बटा कलकारखाना बन्द गरेको, कति जना लाई अन्यायमा पारी न्यान नगरेको, यश कारण अब स्वार्थको रोटी जनताले पकाउन नदिने पु. मुख्य मन्त्री यादवले बताए।






Comments are closed, but trackbacks and pingbacks are open.