CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा जिल्लाको भविष्य चियाको गिलासमा

फेटा GP PSA
4,947
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

विष्य भनेको हिजो जुन भएको छैन तर हुन लागेको बारे सबैले जान्न चाहन्छन् र परिवर्तन गर्न चाहन्छन् । वर्तमानमा बाँच्दा भविष्य जान्न मानिसमा धेरै जिज्ञासा हुन्छ । यदि भविष्यवाणीमा विश्वास छैन भने एकपटक भविष्य पुराणमा लेखिएको विषयवस्तु अवस्य पढ्नुपर्छ । भविष्यवाणी बाहेक भविष्य पुराणमा विक्रम र बेतालबीचको वार्तालापको कथा वर्णन गरिएको छ। साथै आयुर्वेद, तीर्थस्थल, धार्मिक उपदेश, व्रत, कथा, दैनिक कर्मकाण्ड, परम्परागत संस्कृति र अनुष्ठानहरू वर्णन गरिएको छ । भविष्य पुराणको सबैभन्दा रोचक पक्ष यो छ कि भविष्यका घटनाहरू स्पष्ट शब्दहरूमा वर्णन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हुनत भविष्य भनेको वर्तमानमा हुने गतिविधिले नै भविष्यको निर्माण हुने गर्दछ। र वर्तमान नै भुतमा इतिहास हुने कट्टु सत्य पनि हो। त्यसै अनुसार बारा जिल्लाको गतिविधिले नै भविष्य र भुतकालको इतिहास बनिरहेको पनि कट्टु सत्य हो। मानिसहरू प्रायः सोच्छन् कि यो भविष्य हेर्न सम्भव छ, वा त्यहाँ समय यात्रा जस्तो चीज छ? के एक व्यक्तिले हजारौं वर्ष पछि हुने घटनाहरू देख्न सक्छ, आदि। यसको उत्तर हो, हाम्रा पुर्खाहरूले यस संसारमा हुने अधिकांश घटनाहरू हजारौं वर्ष पहिले नै वर्णन गरिसकेका छन् । महर्षि वेदव्यासद्वारा लिखित भविष्य पुराणमा यस्ता धेरै भविष्यवाणीहरू छन् जुन पछिल्लो हजारौं वर्षहरूमा हुने छन् । अहिले विगतमा गरेका भविष्यवाणीहरू सत्य साबित भएका छन । यो हजारौं वर्षसम्म सत्य रहिरहने यस्ता विषय लोप हुने तर दुर्भाग्यको कुरा विदेशीहरूका सिद्धान्त लाई बढी महत्वपूर्ण ठान्ने कारण सनातन धर्मका पुराणहरूमा लेखिएका कुराहरूलाई नपढि नै गलत साबित गर्ने गरिएको छ ।

वास्तविक जीवनमा हामीले आफ्नो व्यतीत गरेका समयको मुख्य भुमिका हुने गर्छ, र त्यसमा गरिएका क्रियाकलापहरु इतिहास हुने गर्दछन। त्यही इतिहास लाई अधार टेकेर धेरै घटनाहरु बारे सचेत हुँदै कानुन पनि बनाउने चलन पनि रहेको छ। तर विडम्बनापूर्ण आजको हाम्रो पुस्ताले खर्चिरहेको समय र ध्वनि उर्जाको सार्थक्ता बारे कसैको ध्यानाकर्षण नभएको देखिन्छन्। आखिरमा जेजती गरे पनि कोहि साथ दिने छैन्न। खाली हात, आएको खाली हात नै जाने हो अन्त्यमा नि_धन नै लेखिने भन्ने बारेमा सबै लाई थाह छ। तर हामी केही गर्न लाई सक्षम भए पनि विभिन्न गुट उप-गुट को आफू लाई समाज बाट पृथक सोच बनाई एक अर्काको बारेमा स्टेज लगाएर नानाथरीका सभ्य-असभ्य गाली समेत गर्ने परम्परा नै बसेको छ।

Karaiya Mai Notice Winter

हुनत मानव सर्व श्रेष्ठ प्राणी हो तर सर्व श्रेष्ठताको गुन बारे भावी सन्ततिको भविष्य बारे कुनै चिन्तन नराखी भविष्यको खोजीमा लागेको देखिन्छन्। खास गरेर हाम्रा समाजका कर्णधार युवा नेताहरुले दलगत भावना समाहित भएर माथी उल्लेखित कुराहरुमा तल्लीन रही विहान बेलुका कलैयाको मुख्य चियापसलहरुमा एक अर्का संग सौहार्दपुर्न वातावरणमा चिया पिउने र पिलाउने मैत्रीपुर्ण सम्बन्ध हुनुको साथै माया प्रेम स्नेह, मम्ताका साथ व्यवहार रहेको देखिन्छ। तर त्यो व्यवहार, सद्भाव, स्नेह, प्रेम, माया मम्ता कता हराएर फेरि तय्ही दिन कुनै भाषन स्टेजमा दलगत भावना हावी भएको देखिन्छ।

आखिर सबै राजनीतिक दल समाज निर्माणका लागि जन्म लिएका छन भने समाजमा द्वन्द किन, एउटा दलले विकास गरे अरु दललाई आपत्ति किन, दुर्भाग्यको कुरात जसलेनी गरे आखिर विकास भनेको हाम्रै समाजको हुने हो, समाजको विकास भनेको सबैको विकास हुने भयो, तर आफू समाज बाट पृथक भएको जस्तो बुझाइले मात्र द्वेष, ईष्र्या पोख्ने गरिन्छ? त्यसो हो भने त्यसमा केहिन केही कुनै न कुनै प्रकारको पाप समाहित भएको पकै हो, चाहे कसैले स्विकारे वा नगरे स्वाथिपन भावले हामी सबैको भविष्यले धुरी बाट कराएर भन्छन हाम्रा पुर्खाले के गरे ? हामी त्यस्तो भावनामा समाहित भएर कुनै राजनीतिक दल लाई गाली गर्न मिल्दैन किनकि हामी नै सबै दलमा समाहित रहेका छौ। दलगत भावना लाई एक छिन कुडाको टोकरीमा फालेर सबै समाजका कर्णधार युवा नेताहरुले एक ढिका भएर बारा जिल्लामा रहेका वेतिथी भ्रष्टाचार अत्याचार लगायता जुनसुकै समस्या किन नहोस सबै विघ्न बाधाहरु लाई श्री गणेशाय गर्न सकिन्छ।

अर्थात प्रत्येक विहान बेलुकाको अनावश्यक कुराहरुमा समय तथा ध्वनी उर्जा लाई एउटा सार्थक्ता दिएर आ-आफ्नो सन्ततिको भविष्य लाई सकार गर्ने दिशा दियो भने हाम्रो विहान बेलुकाको चियाको गलासले बारा जिल्लाको काया पलटको इतिहास कायम गर्न सकिन्छ।

यदि यस्तो गर्न सकिएन भने आउने समयमा यस्तै आज जुन सद्भावले एक आपसमा बसेर चिया खाने जुन स्नेह, प्रेम, माया मम्ता आदि छ्न सबै लोप हुनजान्छ र जहाँ स्नेह प्रेम माया मम्ता हुदैन त्यहा विनाश हुन बेर पनि नलाग्ने निश्चित हुन्छ। एक आपसको द्वन्द आज सम्म अलि बाचेको छ अन्यथा उदाहरणका लागि पार्टीहरुको अधिवेशनमा यो प्रष्टरूपमा देखिएको घट्ना हो जसमा केही जनाले ज्यान समेत गुमाउनु पर्ने बाध्यात्मक अवस्था र त्यस बाट आज सम्म एक अर्कलाई स्त्रुताको भवनाले उक्त समाजमा आज सम्म द्वन्द रहेको छ, अदालतमा मुद्दा  ओझेलमा परेको छ। त्यस कारण बेलैमा मानव श्रेष्ठ प्राणी हो भन्ने कुरा लाई सार्थक्ता प्रदान होस् भन्ने धारणाले उत्प्रेरित हुँदै यो लेख लेखिएको हो। जसमा सम्पूर्ण कल्याणको कुरा बाहेक अरु केही नरहेको यथार्थ हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश