
शैलेश गुप्ता १ मंसिर पोखरिया



दिब्य श्रोत केन्द्र बिरन्चीवर्वा पर्साको २८ औ साधारण सभा बिरगंजमा सम्पन भएको छ । केन्द्रका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा र पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानको प्रमुख आतिथ्यमा सम्पन उदघाटन सत्रलाई संबोद्धन गर्दै नगरप्रमुख चौहानले देश, समाज विकासका लागी समाजिक संघसंस्थाहरुको आवश्यक्ता रहेको बताउनु भएको छ ।

दिब्य सा्रेत केन्द्र जस्तै नै अरु संस्थाले पनि फडको मार्न आग्रह गर्नु भयो । समाजमा काम गर्दा भाईचाराको ब्यवहारमा उत्रेर गर्दा पालिकाका जनता सहित अन्य क्षेत्रको विकास सम्भव रहेको जिकिर गरे । पर्सा जिल्लाको नाम चिनाउन संस्थाहरुले गरेको उललेखनिय रहेको र अब नेपालमा चिनाउने आट पनि यस जिल्लाका दिब्यसा्रेत केन्द्रको रहेकोले आफनो र पालिकाको सम्मपुर्ण शक्ति लगाउने अठोट गर्नु भयो ।
उदघाटन समारोहमा जिल्ला समन्वय समिती पर्साका उपप्रमुख पुरन पटेल, पटेवर्वासुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरी, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, कालिकामाई गाउपालिका वडानम्बर ५ का वडाअध्यक्ष जयनारायण पटेल लगायतले शुभकामना तथा सल्लाह सुझाव सहितको मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका प्रतिनिधी रामाकान्त पटेलले २०८०।२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भन्ने आर्थिक प्रतिवेदन कन्हैया साहले पढेका थिए । कार्यक्रमलाई सहजीकरण कर्मचारी गणेश ठकुरीले गरेका थिए । दिब्यलाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई कदरपत्र सहित दोसाला ओढाई सम्मान गरिएको थियो ।
बन्दसत्र जारी रहेकोले नया कार्यसमिती चयन गरिने दिब्यका अध्यक्ष उमेश चौहानले बताउनु भएको छ






Comments are closed, but trackbacks and pingbacks are open.