
शैलेश गुप्ता १२ मँसिर वीरगन्ज
पर्सा



स्व:नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई पाउने भएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, पर्साको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले पटेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिए ।
२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने सहसचिव सर्राफले बताए ।
बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।






Comments are closed, but trackbacks and pingbacks are open.