
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य भरत चौक पुरानो (बाणिज्य बैक) गुप्ता भवनको भवनमा एक्टिभ एब्रोड एजुकेसन कन्सन्टेन्सी प्रा. लि. स्थापना गरिएको हो।



मधेस प्रदेश पुर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी डा.रहबर अंसारिले एक्टिभ संस्थाले राम्रो कार्य गर्ने बिस्वथ छु भन्दै आफ्नो मन्तव्य सुरु गरेका थिए । धेरै कन्स्टेन्सिले बिद्यार्थीसंग पैसा लिने तर विद्यार्थी लाई सहि ठाउमा नपुर्याउने सुनिन्छ तर यो संस्थाले बिगत दुई दसक देखि कार्यगर्दै आएको र यसले राजधानी बाट पनि कार्यगर्दै आएको हुदा यसले राम्रो कार्य गर्ने आशलिएको बताए। मधेश प्रदेशको पर्सा बारा र रौतहटका विद्यार्थी र कामदारको राम्रो गन्तव्य हुन सक्ने आफ्नो धारणा रहेको संजित कुमार खरेलले जानकारी गराए।

एक्टिभ संस्थाका संचालक पुर्ण बहादुर खत्रीले २० बर्ष अगाडि आफै जापान पुगेर त्यहाका वातावरण र नेपालको वातावरण मिल्दोजुल्दो लाग्दा नेपालीको लागि राम्रो हुन सक्ने संस्थापकले बताएका थिए। यो संस्था काठमाडौको गंगोबुमा बिगत दुई दसक देखि काठमाडौ, बागलुङ र आज कलैयामा शाखा बिस्तार गरेकोले विद्यार्थी र कामदार गरि ४ हजारको लगभग पठाएको जनाएका थिए। कलैया शाखा खोलिदा एउटा छुटै अनुभुती भएको बताए। घर पहाड तिर भएनी बाल्यकाल यहि जिल्ला मामा घरमा बितेको बताए।
जापनिज भाषका लागि N5, N4 लेबल भएको छव महिना कोर्स पढाइ हुने र यसको साथै अमेरिकन, युरोपेली कोरिया, अष्ट्रेलिया, लगायतका देश पठाउने बारे कृष्ण महतले जानकारी गराएकि थिइन।
उद्घाटन कार्यक्रममा मधेस प्रदेस सभा सदस्य लक्ष्मी ठाकुर, एकीकृत समाजवदी के.स. हिमाल खरेल, माओवादी केन्द्रका प्रभु यादव, आबिद हुसैन अंसारी, बिक्रम ठाकुर, राजन पटेल, बिक्रम साह, सुनिल कुशवाहा, ईस्लाम अंसारी, तारिफ अंसारी, लक्ष्मी पटेल, अनवर मंसुर, उमेश यादव, जितेन्द्र साह, रामबाबु सरार्फ, निवेश यादव, प्रवीण खत्री, जयराम यादव, कृष्ण बहादुर खत्री थापा, लक्ष्मी खत्री, माया कुमारी खत्री, सेराज खान, अबताभ अंसारी लगायत उपस्थिति रहेको राज खानले जानकारी गराए।






Comments are closed, but trackbacks and pingbacks are open.