विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किन्नर समाज द्वारा १२ केजिको घण्टा महागढीमाई लाई अर्पण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

किन्नर समाज द्वारा महागढीमाई १२ केजिको घण्टा अर्पण गरिएको हो। माघेसंक्रान्तीको शुभ अवसरमा उनिहरुको आफ्नै समाजको आर्थिक सहयोगमा घण्टा अर्पण गरेकि छिन्। बारा, पर्सा र रौतहटका किन्नर समाजले पसाह नदि बाट जल भरी इअनरवा चौक हुँदै बरियारपुर गाउँ बाजा तथा सिंघाका साथ नाचगान गर्दै परिक्रमा गरी गढीमाईको पुजा अर्चना गरि घण्टा बाधिएको ठाउँमा घण्टा बाधेकि छिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

किन्नर समाजको निर्माण भगवान विश्णुको मोहिनी रुप लाई भगवान शंकरले हेर्ने इक्षाका कारण मोहिनीरुप प्रदर्शन गर्ने बेला भगवान शंकरको दृष्टिबाट कामासुरको जन्म भएको र भन्डासुरले आफ्नो प्रभावमा पारी गलत प्रयोग गरेका थिए। कामासुरले स्वर्गाधिपती देवताहरुको राजा इन्द्र, राक्षस राज रावण लगयत सम्पुर्ण जगत लाई नै आफ्नो प्रभावमा पारी कामवासनमा आतुर गरि शृष्टिलाई नै संकटमा पारेको थियो तत पश्चात् श्रीगणेशको हात बाट कामरुपी विकार नस्ट भएको थियो। यो घटना सत्युगको उतरार्धमा अर्थात समाप्तिको बेलाको घटना हो किनकी रावणले पनि कामासुरको प्रभावमा परि देवि वेदवतीको तपस्या भंग गेरे पछि देवीले आत्मदाह गरेकी थिइन्।

भगवान शंकरको मोहिनिरुपको कामनाका कारण नेत्र बाट जन्म भएकोले यो समाजका व्यक्तिको विशेष प्रभाव हुने भएको विश्वास रहेको छ। पछि यो समाजका व्यक्ति जस लाई जे भने त्यो आशीर्वाद जस्तो फलित हुने परम्परागत आस्था र विश्वास आज सम्म रहि आएको छ। बारा पर्सा र रौतहटका नायक मम्ता भट्ट, बाराकी नदनी नायक, निशा नायक, ममता नायक, सबनम लगायत १२५ जनाले कलशामा जल भरी जलाभिशेख गरेकी छिन्।

Karaiya Mai Notice Winter

हिन्दु शास्त्रको अनुसार मानिसको शरीरलाई केवल एक ध्वनीले प्रतिनिधित्व गरेको हुन्छ, त्यो हो संस्कृत शब्द ‘‍ॐ’। अनि घण्टीको आवाजले पनि ‘ॐ’ उच्चारण गरिरहेको हुन्छ।

मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिक कारण छ । देवीदेवताको आरती घन्टनाद विना पूरा नुहने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्ने विश्वास लिइन्छ। मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् ।

पुराणका अनुसार मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो । नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।

धार्मिक शास्त्रमा गरुड घण्टीलाई अति नै शुभ मानिन्छ । यसलाई घरमा राखेर बजाउने गर्नाले परिवारमा सुख शान्ति मिल्ने मान्यता रहेको छ । त्यस्तै मन्दिरमा बजाइने घण्टी कालको प्रतिक हो । यसको आकार ठुलो हुन्छ जसको आवाज टाढासम्म पुग्छ र मृत्युदेखिको डरलाई शान्त पार्न मदत गर्छ । हरेक दिन मन्दिरमा घण्टी बजाउनाले व्यक्ति मानसिक रुपले पनि मजबुत हुन्छ ।

हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ । पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ। यदि सोचेको जस्तो काम भईरहेको छैन भने शनिवार या मंगलबार कुनै मन्दिरमा गई पित्तलको घण्टी दान गर्नाले बिस्तारै हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ। सोही अनुसार घण्टा अर्पण गरिए कार्यक्रम संयोजक मम्ता नायकले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.