CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित

फेटा GP PSA
143
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज

नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगन्जको क्लासिक बंक्वेटमा आज आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो । पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकोले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तोमा नलाग्न आग्रह गरे ।
नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाई लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्व.पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रूपैयाँ सहयोग रकम पनि हस्तान्तरण गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश