विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल मेडिकल कलेजमा मनाइयो नेपाल नर्सिङ दिवस

सिम्रौन्गढ़ नपा psa

 

बिरगंज १५ माघ

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालमा आज ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि मनाईएको छ ।

 

 

दिवसको अवसर पारेर मेडिकल कलेजले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् । मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, अडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी , डाइरेक्टर रुबि यास्मिन कलेजका प्रो. डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

 

नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई सोहि अवसरमा फलफूल वितरण गरियो । कार्यक्रममा नेशनल मेडिकल कलेजका , प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह , कलेजमा कार्यरत नर्स, कर्मचारी लगायत सहभागि थिए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.