विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा घण्टाघरमा दिप प्रज्वलन

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २२ माघ वीरगंज,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

Karaiya Mai Notice Winter

प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल मधेश प्रदेशका सह–संयोजक एवं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको हक–अधिकार तथा पेशागत क्षमता अभिवृद्धिका लागि चौतारी सदैव अगाडी बढ्ने धारणा राख्नु भयो ।

वहांले नेपालको विभिन्न कालखण्डमा पत्रकारहरुले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारको स्वतन्त्र अभिवृद्धिको लागि सरकारले विशेष कदम चाल्नु पर्ने धारणा राख्नु भयो । वहांले वर्तमान समयमा संचारकर्मी समाचार लेखेकै भरमा विभिन्न माध्यमबाट धाकधम्की आउने गरेको र समाचार लेखेकै भरमा संचारकर्मीहरुले मुद्धा खेप्नु परेको घटनाहरुलाई नियन्त्रण गर्न सरकारसंग माग गर्नुभयो । अध्यक्ष बन्जाराले स्थापना दिवसको शुभकामना दिदैं चौतारीमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिदै एकढिक्क भएर चौतारीलाई थप बलियो बनाउन समेत आग्रह गर्नु भयो ।

 

 

वहांले श्रमजिवी पत्रकारहरुको हकहितको लागि चौतारी सदैव नेतृत्वदावी भूमिका खेल्ने जानकारी दिनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्रेस चौतारी नेपालका उपाध्यक्ष निलम पन्त, सह–सचिव धन्जजय मिश्रा, प्रेस चौतारी नेपाल पर्साका सदस्य निरन्जन मिश्रा, पुष्प तिमिलसेना, आरोहण साह, अखिलेश प्रसाद साह, ऐस।के। चौरसिया, राजन रौनियार, कविता खड्का, कन्हैया गुप्ता, शैलेश कशुवाहा, युवराज खड्का, शेख सहजाद्द, किरण सत्याल लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.