
कलैया, बारा।
बारा जिल्लाको कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएकोछ। जिल्ला प्रशासन कार्यालय बारामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रन्तिकारी) ले बारा यातायात कार्यालयमा भएको व्यापक भ्रष्टाचार लाई रोक्न जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएकोछ।




ज्ञापनपत्रमा हाम्रो देशमा भ्रष्टाचारले जरा गाडिदै गरेको हामी सबै लाई सर्वविदितै छ। यस बाट हाम्रा बारा जिल्लाको यातायात कार्यालय कलैया अछुतो नरहेको यस कायर्यालयमा गम्भीर भ्रष्टाचारका घटना भइरहेको सो कार्यालयमा सेवा लिने सर्वसाधारण नागरिकहरू अनावश्यक झन्झट अवैधानिक शुल्क असली, ढिलासुस्ती र दलालहरूको प्रभावका कारण मर्कामा छन भन्दै (क्रान्तिकारी) बाराले छानबिनका लागि विभिन्न बुदाहरु :-अवैध शुल्क असुलीको अन्त्यः गरि सर्व साधारण लाई सेवा सुविधा प्रदान गर्ने क्रममा अनाधिकृत शुल्क लिने कार्य रोक्न कडा निगरानीका लागि ज्ञापन पत्र बुझाइएको हो।
दलाली प्रथाका नियन्त्रण कार्यालयका कर्मचारी र बाहिरी दलालहरूको सांठगांठबाट भइरहेको अनियमितता तुरुन्त रोक्न प्रभावकारी उपायहरू अबलम्बन गरियोस भन्ने धारणा रहेकोे जानकारी गराएका छन्। पारदर्शी सेवा प्रवाहको सुनिश्चितता,भ्रष्टाचारमा संलग्न कर्मचारी माथि कारबाही, सेवाग्राहीहरू लाई आवश्यक सेवा समयमै प्रदान गर्न प्रभावकारी प्रणाली लागू गरियोस भ्रष्टाचारमा संलग्न कर्मचारीहरूको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याइयोस् । जनताको सहज पहुंचः कार्यालय लाई दलालमुक्त बनाई सेवाग्राहीहरू स्वयं सेवाहरू लिन सक्ने वातावरण उपयुक्त बनाउन लगायतका मागहरू ज्ञापन पत्रमा रहेकोे छ।
मांग छिटो निर्णय गरी भ्रष्टाचारी लाई कावाही गरियोस नत्र भने आगामी दिनमा आन्दोलनको थप कार्यक्रम गर्न वाध्य नपारिओस भन्दै प्रशासन कार्यालय बारा मार्फत श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, अस्तियर दुरुपयोग अनुसंधान कार्यालय काठमाडौ, जिल्ला प्रहरी कायालय बारा, जिल्ला यातायात कार्यालय बारा, जिल्ला ट्राफिक कार्यालय बारा लाई अनेरास्ववियु( क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष संदिप यादवको नेतृत्वमा कलैया उपमहानगरपालिका (माओवादी केन्द्र) पालिका अध्यक्ष मुकेश साह, माओवादी केन्द्रका नेता संदिप गुप्ता, रियाजुल इस्लाम, जितेन्द्र गुप्ता, बिद्यार्थी नेता सोनु पटेल, रंजित साह, अमित यादव लगायतको उपस्थितिमा सहायक जिल्ला प्रशासन प्रमुख लाई ज्ञापनपत्र बुझाएका छन।






Comments are closed, but trackbacks and pingbacks are open.