
कलैया, बारा।
यौङ कम्युनिष्ट लिग नेपालको ४३औ स्थापना दिवसको अवसरमा वाइसीएल नेपाल बाराले असहाय बालबालिका लाई केही सामाग्री वितरण गरि सहयोग गरेका छन्। अनाथाल्यमा हाल १६ जना बालबालिका रहेका छन्। अनाथाल्यका सञ्चालक गोबर्धन बस्नेत लाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। वाइसीएल नेपालका बाराका अध्यक्ष शुभनारायण पटेलको अध्यक्षतामा अमृता अनाथालयमा फलफूल तथा खाद्यान्न सामाग्री वितरण गरिएको हो।




यश संस्थाका लागि अझ के कुराको खाचो रहेको भन्ने बुझ्दा नगरपालिकाले बाउन्ड्रीका लागि बज्जेट निकासा गरे पनि कागजमा मात्र सिमित रहेको कुरामा टेवा पुर्याउन लाई संस्थाका सञ्चालक बस्नेतले आग्रह गरेका थिए। माओवादी केन्द्र कलैया उप-महानगरपालिका नगर अध्यक्ष मुकेश साहले नगर प्रमुख विनोद साह संग तत्काल मोबाइल बाट कुरा गरि खबरदारी सहित ध्यानाकर्षण गराएका छन्।
वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज देवशरण साह कानु, वाइसीएलका जिल्ला सचिवालय सदस्य निवेश राय यादव, वाइसीएलका क्षेत्र न.१का क्षेत्रीय इन्चार्ज संजय यादव, प्रदेश सदस्य रम्भु पटेल, जिल्ला सदस्य नरेश महरा, प्रमिन्द्र राम, अनाथाल्यमा हाल १६ जना बालबालिका रहेका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.