विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

न्यू फ्रेन्डस् क्लब द्वारा बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी सचेतना

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाल विवाह अन्त्य गर्ने र विवाहित वा सहवास (union)मा बसिरहेका बालिकाहरु लाई सहयोग गर्ने महत्वपूर्ण लक्ष्य बोकेका गर्ल्‌स नट ब्राइड्स का सदस्य संस्था लगायत अन्य त्यस्तै नागरिक समाजलाई मद्धत गर्नका लागि यो टुलकिट निर्माण गरिएको हो । यो कानूनी शब्दावली र कार्यविधी मार्ग निर्देशिकामा मात्रै सिमित छैन । यो एक व्यवहारिक सहयोगी हो जसमा संसार भरिका गर्ल्‌स नट ब्राइड्स का सदस्य संस्थाहरुको अनुभवबाट प्राप्त भएका चाल्न सकिने ठोस कदम र संभावनायुक्त अभ्यासहरुलाई पनि समावेश गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समुदाय स्तरको दृष्टिकोण सहित विषयगत र परिप्रेक्ष्य अनुसार सान्दर्भिक विज्ञता प्रदान गर्ने हुनाले यस प्रक्रियामा नागरिक समाजले ठूलो भूमिका खेल्दछ । राष्ट्रको प्रतिवेदन लाई पुणर्ता प्रदान गर्न र सन्धि निकायहरु सुझावहरु लाई प्रभावित गर्नको लागि नागरिक समाज आवश्यक साझेदारहरु हुन् । नागरिक समाजले सरकार लाई बाल विवाहको मुद्धा सम्बोधन गर्ने आफ्नो प्रतिबद्धता पालना गराउन जवाफदेही बनाउनुका साथै यो अभ्यासको अन्त्य र बालिकाहरुको अधिकार प्राप्तिको सुनिश्चितताका लागि ठोस कदमहरुको पैरवी गर्छन् । बाल विवाहबाट प्रत्यक्ष प्रभावित बालिका र किशोरीहरुको आवाजहरु लाई उठाउँदै नागरिक समाजले उनीहरुको सरोकारलाई यी संयन्त्रले विचार पुर्याउने कुराको सुनिश्चितता गराउँछन् । नागरिक समाज संगको साझेदारीयुक्त सहकार्य प्रक्रियालाई अझ बलियो, समावेशी र प्रभावकारी बनाउँदछ ।

Karaiya Mai Notice Winter

सोही अनुसार न्यू फ्रेन्डस् क्लब द्वारा बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो। आज एकाइसौं सत्तावदीमा पनि यस्ता किसिमका बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी कुरिती तथा कुसंस्कार रहि आएकोले निर्मुलीकरण गर्न सचेतना कार्यक्रम गरिएको उक्त संस्थाले जनाएका छन्। उक्त कार्यक्रम २०८१/१०/२५ देखि २०८१/१०/२७ गते सम्म गरिएको आयोजक संस्था:- न्यू फ्रेन्डस् क्लब, बाराले जनाएका छन्।

देवताल गाउँपालिकाको कार्यालय पिप्राढीगोठ बाराको सहयोगमा उक्त कार्यक्रम गरिएको हो। कार्यालयका प्रमुख प्राशसकीय अधिकृत नविन श्रीवास्तवको प्रमुख आतिथ्यता तथा देवताल गाउँपालिका -७ वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवको अध्यक्षता एवं विशिष्ठ अतिथि लेखा प्रमुख – मनिष साह कलवार, समाजिक विकास शाखा प्रमुख- ललन पटेलको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षकको रुपमा रामनारायण मण्डल, आमिर खान पठान लगायताकाले प्रशिक्षण दिएका थिएको बारे संस्थाका हरिशंकर यादवले जानकारी गराएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.