विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओबादी केन्द्र सखुवा प्रसौनी गाउँपालिकाले ३०औ जनयुद्ध दिवस दिप प्रज्वलन गरि मनायो

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १ फाल्गुन पोखरिया

 

३० औं महान जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका(२, औराहा पचगावामा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेकपा ९माओवादी केन्द्र० पर्साका नेता शिवकुमार साह तेलिको प्रमुख आतिथ्यतामा तथा मधेस मुक्ति मोर्चा पर्साका संयोजक बिदयासागर यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा सहकारी केन्द्र नेपाल पर्साका संयोजक प्रदीप चौधरी, स्थानीय नेता हारिलाल राम, प्रमानन्द राम, कपिलदेव चौधरी, मुकेश चौरसिया, रामबहादुर पण्डित लगायत सयौं नेता(कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले महान जनयुद्धको योगदान, त्यसले स्थापित गरेका मूल्य(मान्यताहरू तथा वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।

साथै, जनयुद्धका सपना पूरा गर्न जनताको संगठित भूमिकाको आवश्यकतामाथि जोड दिइएको थियो। यस अवसरमा दिवंगत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित नेता तथा कार्यकर्ताहरूले जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.