

कलैया , बारा ।
बाराको कलैया उपमहानगरपालिकाको वडाका कार्यालयहरूमा चिसो नै लाग्ने गरेको छ । नेपाल सरकारको कार्यालय कार्तिक १५ गते देखि माघ १५ गते सम्म १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने गरेको नियम रहेको छ । कलैया उपमहानगरपालिकाको वडा नम्वर २५ को कार्यालय फागुन लागि सके पनि दिन्हु ४ बजे नै बन्द हुने गरेको स्थानिय जनताहरूको गुनासो रहेको छ । वडा नम्वर २५ उदाहरण मात्र हो २७ वटा वडा कार्यालय मे नै खुल्ने समय भन्दा पछि र बन्द हुने समय भन्दा अधि नै कार्यालयमा तल्चा लगाएर कर्मचारीहरू हिडने गरेको सेवाग्राहीहरू गुनासो गर्दै छन । वडा नम्वर २५ का वडा अध्यक्ष चन्दन पटेलसंग बुझ्दा सचिवको पेट दुखने गरेकोले चाडै कार्यालय बन्द भएको बताउदै बचाउन खोजेका हुन । सिसहनीया निवासी जनताहरूले आज मंगलवार मात्र हैन सधैं यसै गरि कार्यालय बन्द गरि जाने गरेको बताउने गरेका छन ।




पालिकाका जिम्मेवार कर्मचारीहरूले अनुगमनको साटो फोन प्रयोग गरि प्रतिक्रिया लिने र आफै कार्यालय समय भन्दा अगाडि हिडने कार्य गरिरहने भएकोले यस्तो बानीको विकास हुँदै गरेको कलैया १ का नारायण प्रसाद यादवले बताएका हुन । लोकतान्त्रिक गणतन्त्र आए पनि जनप्रतिनिधि र कर्मचारीहरूले राणा र राजतन्त्रको अभ्यास नछोडेको यादवले जनकारी गराए ।
कलैया उपमहानगरपालिका वडा नम्वर २ का गोपाल यादवले सेवाग्राहीले समय अनुसार कार्यालयमा काम गराउन पुग्ने गरे पनि वडा कार्यालयका कर्मचारीहरूले नपुगेका कारण एक दिनमा हुने काम हप्तौं लगाग्ने गरेको बताए ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जनताको समयमा काम गर्नु र सहजताको वस्ता नगरी कर उठाउने र आफू खुशि आपतकालीन विकासमा बढी ध्यान दिने गरेकाले सेवाग्राहीलाई प्रशासनिक काम गराउने तर्फ सास्ती उठाउनु परि रहेको बुद्धिजीवीहरूको आकलन रहेको छ ।





