
कलैया, बारा।
बारा जिल्लाको कान्छो नगरपालिका वडा न. ७ बेनौलीमा एक भेला गरि ५१ सदस्यीय कमिटी विस्तार गरिएको हो। अब सबै पार्टी लाई हेरिरहेको कसैले जनताका लागि नभएर आ-आफ्नो निजि स्वार्थमा आफ्नो गोजीको संरक्षणमा मात्र रहेकोे अनुभुती गरि सकेकोले अबको पालो लोसपा नेपाल लाई रहेकोे बताएका छन्। सोही कारण अब लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नै जनताको कुरा बुझ्न सक्छन् भन्ने आशा र भरोसा रहेको बताएका छन्।




नन्हक मुखिया बिनको अध्यक्षतामा बसेको बैठक बाट उपाध्यक्ष सुकुन्तला देवी पासवान, सुरेश राम, सचिव पदमा रंजित राम, सह. सचिवमा दिनेश साह, कोषाध्यक्षमा नवल साह लगायत ५१ सदस्यीय कमिटी बनाउदै वडा अधिवेशन गरिएको हो। लोसपा नेपालका केन्द्रिय उपाध्यक्ष श्याम गुप्ताको प्रमुख आतिथ्यता तथा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय संयोजक डा. कमरुल्लाह अंसारीको विशिष्ट आतिथ्यतामा अधिवेशन गरिएको हो। कार्यक्रममा पचरौता नगरपालिका वडा न. १ का वडा अध्यक्ष विनय कुमार सिंह, नगर अध्यक्ष अब्दुल वसिर अंसारी लगायतका सहभागिता रहेको थियो।
नेकपा एमालेको स्थानीय सरकार अर्थात नगर प्रमुख कै वडामा अब असन्तुष्टि जनाउदै लोसपामय वडा हुनु भनेको अब एमालेको पत्ता साफ हुने निश्चित भएको केन्द्रिय संयोजक डा. अंसारीले आफ्नो धारणा राख्दै हिन्दु हरुको पावन पर्व रिष रागको त्याग र एक आपसमा सदभावको पर्व होलि एवं मुस्लिम धर्मावलम्बीले मनाउने रामजानको पनि शुभकामना दिदै आफ्नो मन्तव्य दिएका थिए।
प्रमुख अतिथी गुप्ताले पनि सबै नवप्रवेशी सदस्य लगायत सबै लाई स्वागत गर्नुको साथै स्वस्फूर्त हाम्रो पार्टीमा लाग्ने लाई लोसपा नेपालले आउने समयमा हामी सबै मिलि अब समाज लाई परिवर्तन गरि विकासशिल समाज बनाउन लाई अग्रसर हुन आग्रह गरेका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.