
कलैया, बारा।
नेपाली जनताले हरेक ठाउँ बाट हरेक दृष्टिकोणले राजनीति बाट आर्जित हुन थालेका छन्। यस्तै घटना आज फेरि एक जना वैदेशिक रोजगार बाट फर्किदा आफ्नो करोडौंको जग्गा हड्पिएको थाहा पाउँदा झसङ्ग भएर मर्ने न बाच्ने भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका करमुल्लाह मंसुरले आफ्नो करोडौं मूल्य पर्ने सम्पत्ति ५ लाख ५० हजार रुपैयाँमा हडपिएको भन्दै जिल्ला प्रशासन कार्यालय बारामा न्यायका लागि निवेदन दिएका छन् । मंसुरले कलैया उपमहानगरपालिका वडा नं.– ३ स्थित आफ्नो जग्गा र दुईतले भवन हिरालाल प्रसादले झुक्याएर सस्तोमा लिएको दावी आरोप लगाएका छन् । अब यदि राजनीतिक प्रभावमा न्याय नपाएमा विस्तारै राजनीति बाट घृणित भएर सबै एक पछि अर्काले राजतन्त्रको पक्षधर हुँदै संघीयता आफै राजनीति कर्मीहरुले कमजोर गरि रहेका छन्।




मंसुरका अनुसार, उनले वैदेशिक रोजगारीमा कमाएको पैसाले किनेको उक्त सम्पत्ति उनले सुपर ईट्टा उद्योग सञ्चालनका लागि ६० लाख रुपैयाँ ऋण लिँदा धितो राखेका थिए। तर, ऋणको साँवा ब्याज ८५ लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको उनले बताए।
“मैले विदेशमा रगत पसिना बगाएर कमाएको पैसाले किनेको सम्पत्ति हो यो। तर, मलाई झुक्याएर ५ लाख ५० हजार रुपैयाँमा राजिनामा पास गराइयो,“ मंसुरले भने, “यो करोडौंको सम्पत्ति हो, कसरी यति सस्तोमा बिक्री भयो ? यसको सत्यतथ्य छानबिन हुनुपर्छ।“ मंसुरले दोषीलाई कडा कारबाही गरी आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। “हामी सुकुम्बासी परिवार हौं, हाम्रो चित्कारको सुनुवाइ हुनुपर्छ,“ उनले भने। ज्ञापन पत्रमा लेखेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले यस विषयमा थप अनुसन्धान गरी पीडित लाई न्याय दिलाउने आश्वासन दिएको हो।






Comments are closed, but trackbacks and pingbacks are open.