

कलैया, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १८ मनहर्वाका साना किसान कृषि सहकारी संस्थाले शेयरधनी लाई पिडादिदै दिईरहेको रहस्य बाहिरिएको छ । मनहर्वाको शाखा कलैया उपमहानगरपालिका वडा नम्वर २ र १६ झिटकैया शाखाले फागु पर्वको विदा भनी २९ गते बिहिवार कार्यालय बन्द राखेकोले शेयरधनीहरूको जम्मा गरेको रकम झिकन नपाउदा पर्वमा किनमेल गर्न नसकेकोमा पिडीत बनेका कलैया उपमहानगरपालिका वडा नम्वर २का उमेश गिरीले बताए ।




आफुले साना किसान कृषि सहकारी संस्थाले खोलेको डेरीमा २ महिना देखि दूध विक्री गर्दै आएको तर होली पर्वको दुई दिन अघि बुधवार एक महिनाको रकम पठाउदा बिहिवार डेरीका कर्मचारी आफुलाई चेक दिएर दिन भरी बैक खुला रहने गरि पठाएकोमा जादा कार्यालय बन्द रहेकोले पाउने रकम नपाएर फागु पर्वमा रितै बस्नु परेको गिरीको गुनासो रहेको छ । फागु पर्वमा पैसा नपाए पछि गाउको पसलबाट पईचो गरि मासुको ठाउमा आलु किनेर खाई बस्ने मन मारेर गिरी घर फर्केको बताए ।
कलैया उपमहानगरपालिका वडा नम्वर २ अमवाटोलका भरत यादवले फागु पर्वको किनमेल गर्न दुधको पैसा झिकन गएको तर कार्यालय बन्द रहेकोले रितै हात फर्कनु परेको जनकारी गराएका हुन । महिना भरी भैंसीलाई पालनपोषण गरि दूध दिन्हु डेरीमा पु-यायौ र पर्वको दिनमा रितै फर्किनु परेमा साह्रै चित दुखेको यादवले बताए । कलैया भरीको सबै कार्यालय र बैंकहरू खुलेकै थियो तर शेयर धनिको पईसाले चलेको बैक बन्द गर्नु उचित नभएको यादवले जनकारी गराएको हो ।
साना किसान कृषि सहकारी संस्थाका प्रवन्ध पुष्प खतिवडासंग बुझदा हाम्रो पात्रोमा विदा लेखेको छ त्यसैले विदा गरेको छु बताएका हुन । भते पात्रो सबै शेयरधनीको घरमा बाडेका छौ हेरेर समयमा पैसा लिने र दिने गर्नु प-यो खतिवडाले जनकारी गराएका हुन । कुन बैक वा कार्यालय खुलेको त्यससंग कुनै सरोकार छैन मनहर्वा कार्यालयले बनाएको नियम अनुसार सञ्चालन हुने हो खतिवडाले बताए।
साना किसान कृषि सहकारी संघको पदधिकारी पुन्देव रौनियार संग बुझदा बिहिवार महिनाको अन्तिम दिन रहेको र मधेशको होली शुक्रवार भएकोले भिते पात्रोमा विदा भए पनि भोडाहाले कार्यालय खोलेर फागु पर्वको अवश्यकता शेयर धनीहरूको पूरा गरेका छौ बताए । आफू चैत्रको प्रादेशिक कमिटीको बैठकमा यस कुरालाई छलफल गराउने रौनियारले जनकारी गराए । कलैया २ भवानीपुरमा रहेको शाखाको अगाडि १० जना भन्दा बढी शेयरधनीहरू कार्यालय बन्द हुदा निरास भएर फर्केका थिए ।





