CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस मञ्च नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

फेटा GP PSA
4,692
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले आफ्नो दोस्रो जिल्ला अधिवेशन शनिबार सफलता पूर्वक सम्पन्न गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्रिलाेकीनाथ यादवकाे अध्यक्षता जसपा नेपालका केन्द्रिय महासचिव तथा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतकाे प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रेस मञ्चका केन्द्रीय का.वा.अध्यक्ष मनाेज यादव, अतिथिमा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, पुर्व संविधान सभा सदस्य आत्माराम प्रसाद साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, मधेश प्रदेश जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
अधिबेशनले रामजि प्रसाद यादवकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेकाेछ ।

Karaiya Mai Notice Winter

पर्सा जिल्ला अधिवेशनकाे दाेस्राे जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै जसपाका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताकाे त्याग र बलिदानिकाे बल प्राप्त उपलब्धिलाई षडयन्त्र पुर्वक तरिकाले खतम पार्ने उदेश्यले प्रतिगमनकारी शक्तिहरू लागि परेकाे बताउदै उहाँले अभिब्यक्ति स्वतन्त्रताकाे बिराेधमा आउने कुनै पनि ब्यबस्था जनताले स्विकार नगर्ने बताउनु भयाे ।उहाँले पत्रकार हरेक परिवर्तनका सम्बाहक रहेकाले राज्यले पत्रकारकाे सुरक्षाकाे गारेन्टि गर्नु पर्ने माग समेत गर्नुभयाे ।

साेही अधिवेशनलाई सम्बाेधन गर्दै मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनाेज यादवले कथित राजावादीहरूकाे प्रदर्शनमा समाचार संकलन गर्न गएका एभिन्युज टेलिभिजनका क्यामेरा मैन सुरेश रजककाे हत्या गरिएकाे प्रति आक्राेश ब्यक्त गर्दै हत्यारा लाई राज्यले तत्काल कारवाहि गर्नु पर्ने माग गर्नु भएकाेछ । उहाँले जुन ब्यबस्थाले पत्रकारलाई जिउँदाे जलाएर मार्ने र सञ्चार संस्थामाथि ताेडफाेड गर्छ त्यस्ता ब्यबस्था नेपाली जनता नचाहेकाे समेत बताउनु भयाे। उहाँले संगठनकाे सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासका लागि विषयमा छलफल भएकोे बताइएको छ। मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले संघिय गणतन्त्र लाेकतन्त्र र संघियताकाे रक्षाकालागि सबै संगठन एक भई लाग्नु पर्ने बताउनु भयाे ।

के.स.त्रिलाेकिनाथ यादवले दाेस्राे जिल्ला अधिवेशनले प्रेस मञ्च नेपाल पर्सा जिल्ला कार्य समितिलाई अझ मजबुत र प्रभाजकारी बनाउने बताउदै समाजमा साकारात्मक परिवर्तनका लागि आवाज उठाउनु पर्ने बताउनु भयाे । अधिवेशनको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र वर्तमान सञ्चार माध्यमको भूमिका बारेमा आफ्ना विचार राखेका थिए।

कार्यक्रमको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले गरेको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश