
एम पि शाह, काठमांडौ, नेपाल।
राजसंस्था पुनर्स्थापनाका लागि प्रतिबद्धता सभाको आयोजन गरिएको थियो। देशमा अमनचयन तथा शान्ति पुनर्स्थापना गर्नका लागि राजसंस्थाको विकल्प नरहेको ठहर गर्दै देशका कर्णधार तथा मानवता लाई कायम राख्न सधै चिन्तनशिल चेतना भएका अगुवा नेतृत्व वर्गहरुले राजसंस्था पुनर्स्थापना गर्नका निम्ति प्रतिबद्धता सभाको आयोजना गरिएको जनाइएको हो।




देशमा व्याप्त बेतिथी, अनियमितता, भ्रष्टाचारी, अराजकता एवं सनातन धर्म लाई जोगाउनका निम्ति सम्पूर्ण देशवासी लाई प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने नितान्त आवस्यक रहेको औल्याउँदै प्रतिबद्ध हुन लाई आग्रह गरेका छन्। सभामा वक्ताहरूले आ-आफ्नो धारणा तथा प्रतिबद्धता गर्ने क्रममा देशलाई जोगाउन दृढ संकल्प गरि अगाडि बढ्नुपर्ने बताएका छन्।
काठमाडौंको धुमबाराही प्रगतिनगर स्मार्ट दरवार होटेलमा शिव शेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बाबाको अध्यक्षता तथा डा. जंगमान गुरुङको केन्द्रिय नेतृत्वमा बैठक बसी राजसंस्था पुनरस्थापना गर्न छलफल गरिएको हो।
कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष तथा पुर्व गृहमन्त्री कमल थापा, केसर बहादुर विष्ट, सदस्य सुनिल खड्का, गंगा चौधरी, राजेश साह, सुरेश कुशुवाहा, शिव शेनाका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई, ओरेन्द्र लामा, संजय साह, सुनिल कुमार लगायत हजारौंको संख्यामा आम नागरिक तथा बुद्धिजीवी वर्गहरुको उपस्तिथि रहेकोे थियो।






Comments are closed, but trackbacks and pingbacks are open.