
कैलाली, धनगढी।
राजसंस्था पुनर्स्थापनाका लागि कैलालीमा राष्ट्रप्रेमी संग छलफल तथा जागरुक्ताका लागि जागरण अभियान सञ्चालन गरिएको हो। शिवसेना नेपालको आयोजमा कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकाको अतरिया चौक बाट निस्केको र्याली पृथ्वीनारायण चौकमा कोणसभामा परिणत हुँदै आ-आफ्नो धारणा राखेका थिए।




राज संस्था पुनर्स्थापनाका लागि बौद्धिक वर्गका समुदाय लाई भेलागरी सभाको आयोजन गरिएको थियो। देशमा अमनचयन तथा शान्ति पुनर्स्थापना गर्नका लागि देशव्यापी अभियान सञ्चालन गर्ने गरिएको हो। राजसंस्थाको विकल्प नरहेको ठहर गर्दै देशका कर्णधार तथा मानवता लाई कायम राख्न सधै चिन्तनशिल चेतना भएका अगुवा नेतृत्व वर्गहरुले राजसंस्था पुनर्स्थापना गर्नका निम्ति सभाको आयोजना गरिएको जनाइएको हो। देशमा व्याप्त बेतिथी, अनियमितता, भ्रष्टाचारी, अराजकता एवं सनातन धर्म लाई जोगाउनका निम्ति सम्पूर्ण देशवासी लाई एकजुट भएर अगाडि बढ्नुपर्ने नितान्त आवस्यक रहेको औल्याउँदै कार्यक्रममा शिवसेनाका केन्द्रिय सदस्य गंगा चौधरीले आग्रह गरेकि छिन्। सभामा वक्ताहरूले आ-आफ्नो धारणा तथा प्रतिबद्धता गर्ने क्रममा देशलाई जोगाउन दृढ संकल्प गरि अगाडि बढ्नुपर्ने बताएकि छिन्।
शिव शेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बाबाको निर्देशनमा धनगढीमा राजसंस्था पुनरस्थापना गर्न छलफल गरिएको हो। के.स सुनिल खड्काले जानकारी गराएका छन्। कार्यक्रममा शिवसेनाका केन्द्रिय सदस्य गंगा चौधरी, गौरव शाही, किशोर चन्द ठकुरी, शिविर साह लगायत हजारौंको संख्यामा आम नागरिक तथा बुद्धिजीवी वर्गहरुको उपस्तिथि रहेकोे थियो।






Comments are closed, but trackbacks and pingbacks are open.