
बीरगंज, पर्सा।
कसरी वैदेशिक रोजगारीमा जाने विषयमा छलफल गरिएको हो। पर्सा जिल्लामा रहेका स्थानीय निकायका प्रमुख तथा प्रशासकीय प्रमुखहरु संग छलफल गरिएको हो। पर्सा जिल्लाका बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा कार्यक्रम गरिएको हो।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रममा श्रम मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डका अधिकृत रंजीत झा निश्पक्षको सहाभागितामा कार्यक्रम गरिएको हो।





बीरगंज महानगर प्रमुख राजेशमान सिंहले कार्यक्रम लाई संबोधन गर्दै श्रम मन्त्रीले पर्सा जिल्ला संग विभेद भएको कुरा राख्दै गुनासो पोखेका छन्। पर्सा जिल्लामा स्वरोजगारका लागि तालीमहरु नदिएको कुरामा विमति राख्दै गुनासो पोखेका थिए। वास्तविकरूपमा जनताका लागि गरिने भए नेपालमा बस्ने सबै नेपाली संग एक समान हरेक ठाउँमा तालीम दिन लाई आग्रह गरेका थिए।
सुरक्षित वैदेशिक रोजगारीमा कसरी जाने तथा स्वदेशी रोजगारीमा कसरी डोर्याउने भन्ने बार्मा व्यापक छलफल गरिएको हो। बोर्ड अधिकृत झाका अनुसार स्थानीय, प्रदेश तथा संघको प्रमुख भुमिका रहेकोले नेपाल सरकारले हालको अवस्थामा विभिन्न प्रकारका शिपमुलक तालिम तथा बैदेशिक रोजगारीमा जान तोकेको रकम अनुसार वैदेशिक रोजगारमा जान सक्ने व्यवस्था मिलाएको जनाएका छन्।
बैदेशिक रोजगारेमा जानेहरु विशेष गरि ठगिमा पर्ने हरेको जनगुनासो प्रती ध्यानाकर्षण गरि त्यस लाई निरुत्साहित तथा न्यूनीकरण गर्न लाई केही आवस्यक कानुनी व्यवस्था तथा संघसंस्था संग समन्वय गरि सुचना तथा परामर्श, न्याय मा पहुच, मनोसमाजिक परामर्श, शिपमुलक तालिम र वितिय साक्षरता लगायतको कुराहरुमा सामीले कार्य गर्दै आएको जनाइएको छ।
श्रम तथा यातायात मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा पर्सा जिल्ला कार्यक्रम संयोजक रामाशंकर प्रसाद कुशवाहा, पर्सा जिल्लाका पालिका प्रमुख तथा प्रशासकीय अधिकृत तथा सरोकारवालाहरु लाई सहभागिता गराई छलफल गरिएको हो। तालिममा सामी कार्यक्रम अधिकृत शिवचरण प्रशादले सबै कुराहरु प्रोजेक्टरको माध्यमले तथ्यांकअनुसार जानकारी गराएका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.