
कलैया, बारा।

नेपाल शिक्षक महासंघले काठमांडौमा गरिरहेको आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाउदै शिक्षकहरुका जायज मांगहरु अबिलम्ब बार्ताको माध्यम बाट यथा शिघ्र सम्बोधन गर्न बारा जिल्लाका राजनितिक दलहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारि वसन्त अधिकारी मार्फत नेपाल सरकार लाइ ज्ञापन पत्र बुझाएका छन ।



ऐक्यबद्धता जनाउन नेपाली काङ्ग्रेस बारा जिल्ला सचिव राजेश रौनियारको नेतृत्वमा सर्वदलीय छलफल गरि हरेक पार्टीका नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुको सहभागितामा ज्ञापन पत्र बुझाएका छन्। विज्ञयप्तिमा हस्ताक्षर तथा सामुहिकरुपमा सहभागिता रहेका राजेश रौनियार – जिल्ला सचिव ( नेका बारा), सम्बिधान सभा सदस्य – आत्माराम साह, शुशिल यादव – जसपा मधेस प्रदेश उपाध्यक्ष, पुरुशोतम साह – नेकपा एमाले बारा जिल्ला सचिवालय सदस्य, आबिद अन्सारि – मावोवादि केन्द्र कलैया उप महानगरपालिका उपाध्यक्ष, चन्द्रीका गुप्ता – नेका बारा जिल्ला प्रवक्ता, सदाम अन्सारि – रास्ट्र्य युवा सघ बारा अध्यक्ष, अफ्तर हुशेन – नेका बारा जिल्ला सदस्य, हरिओम साह – नेबिसंघ केन्द्रिय सदस्य, प्रविण पटेल – नेबिसंघ बारा जिल्ला अध्यक्ष, सुमित श्रीवास्तव-उपाध्यक्ष, राज खान – मुश्लिम मोर्चा मधेस प्रदेश सदस्य, बिनय राज शर्मा – नेबिसंघ बारा उपाध्यक्ष, सुमित श्रेवास्तव – नेबिसंघ जिल्ला सचिव बारा लगायतका रहेका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.