
शैलेश गुप्ता २० बैसाख पोखरिया




पर्सा को पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा स्थित छठघाट तथा रामजानकी मन्दिरको बाउंड्रीवालको एक कार्यक्रमका बिच मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जैशवाल र पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले संयुक्त शिलन्यास गरेका हुन।
मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मंत्रालय को रु २५ लाखको लागतमा निर्माण हुन लागेका बाउंड्री वालको काम स्टीमेटको अनुसार गुणस्तरीय गर्न उपभोक्ता समिति तथा ठेकेदारलाई मंत्री जयसवालले निर्देशन दिदै बाउंड्री वालको काम लाई निगरानी गर्न स्थानीयहरुलाई मंत्री जयसवालले आग्रह पनी गरे हुन।
वडा नम्बर १ को वडा अध्यक्ष प्रमोद गिरीको अध्यक्षतामा भय को कार्यक्रममा प्रमुख अतिथि खेलकूद तथा समाज कल्याण मंत्रालयको मंत्री प्रमोद जायसवाल ,विशिष्ट अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर, कार्यपालिका सदस्य राधा साह कानु, ने क पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विंध्याचल ठाकुर, सचिव संतोष गिरी, नेता राजनारयण कुर्मी ,समाज सेवी दीपक ठाकुर,वडा सदस्य स्थानीय समाज सेवी तथा भद्र भलादमीहरु को सहभागिता रहेको थियो ।






Comments are closed, but trackbacks and pingbacks are open.