
सबिर आलम, कलैया, बारा।
उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा तालिम गराइएको छ। यस कार्यक्रममा प्रशिक्षकका रुपमा अनिल कुमार यादव रहेका थिए। प्रशिक्षक अनिल कुमार यादवले बालबालिकाका विभिन्न समस्याहरुको बारेमा जस्तै बिद्यार्थी बिधालय किन जादैन? बिद्यार्थी र शिक्षक बिच कस्तो सम्बन्ध हुनु पर्दछ? सरकारी बिधालय र निजी बिधालयका बिद्यार्थीहरुको के कस्तो हुनु पर्दछ? बिद्यार्थीहरुको बिकासमा शिक्षकहरुको अहम भुमिका तथा बिद्यार्थीहरु लाई बिना दन्ड कसरी पढाउने जस्ता बुंदाहरु माथी छलफल गरिएको थियो।




त्यस्तै उत्तम पब्लिक स्कुल प्रा. लि. सिम्रौनगढका प्रधानाध्यापक कमलेश कुमार कुश्वाहाले भने बिद्यार्थीहरु दन्ड भय, त्रासको कारणले दैनिक बिधालय आउन नसकेको, मानसिक स्वास्थ्यमा कमी गृह कार्यमा कमी, अन्य विभिन्न आनावश्यक भावनाहरु आउन नदिन आफ्नो बिधालयका बिद्यार्थीहरुलाई फ्रेन्डली भए दन्ड रहित शिक्षा दिनको लागि यो तालिम आफ्नो बिधालयका शिक्षक शिक्षिका हरुलाई तालिम दिलाउन सहभागी गराइएको जनाइएको छ।
उक्त तालीममा उत्तम स्कुल र कोचिङ्गका शिक्षक शिक्षिकाहरु सुमन कुमार गुप्ता, पवन कुमार सिन्हा, नितेश पटेल, देवनारायण साह, पुनम कुमारी शार्मा, दिपक कुमार कुशवाहा, बिजय पाठक, शिवमंज्ञा राम, करिशमा कुशवाहा, पुजा शार्मा, आर्ती पटेल, अवधेश कुशवाहा, अमरेश कुशवाहा, मनिषा शार्मा, प्रीयंका गुप्ता, खुशु खातुन, कंकाली माध्यमिक बिद्यालयका शिक्षकमा जय चन्द्र प्रसाद यादव, ओम चन्द्र गुप्ता लगाएतको उपस्थिति रहेको थियो।






Comments are closed, but trackbacks and pingbacks are open.