
कलैया, बारा।
हिजो वैशाख २० गते शनिबारका दिन राप्रपा नेपालको आह्वानमा बारा जिल्लाका जिल्ला अध्यक्ष शिव प्र. तिमल्सिनाको अध्यक्षतामा बैठक बसी विभिन्न जिम्मेवारीको बाडफाड गरिएको हो। सम्पूर्ण राष्ट्रवादी तथा संघसंगठनहरुका जिल्ला अध्यक्षहरुको रोहवरमा नवराज सुवेदी लाई संयुक्त जन आन्दोलन परिचालन समितिको संयोजक चयन गरिएको हो। जन आन्दोलनका लागि संयुक्त मोर्चा निर्माण गरीएको जनाएका छन्।




जन आन्दोलनका लागि राप्रपा नेपाल, राप्रपा, नागरिक बचाउ अभियान, राष्ट्रिय शक्ति नेपाल, राष्ट्रिय सरोकार मञ्च, नागरिक संघर्ष समिति, संयुक्त राष्ट्रवादी मोर्चा, शिवशेना नेपाल, हिन्दु परिषद नेपाल, नेपाल बजरंगदल, राष्ट्रिय एक्ता परिषद, शान्ति समूह नेपाल, नेपाल राष्ट्रवादी समूह लगायतका संघसंगठनहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा राप्रपा नेपालका लक्ष्मी प्र. साह, गोपाल प्र. कलवार, जितेन्द्र प्रसाद, जितेन्द्र प्रशाद, छत्रदास वैरागी, तपसी साह, बनारसी कुशवाहा, बनारसी कुशवाहा, भानु प्रसाद साह, माहिचन पासवान, दयालि प्र. कुशवाहा, मुनिलाल साह जिवन हमाल, ज्ञान प्रसाद गौतम, हनुमान प्रसाद, हरिओम प्राशाद कुशवाहा, सिकन्दर प्रसाद कुशवाहा, बिरजी साह, किसमती मती देवी, मिना देवी, शिव कुमारी देवी, राजपती देवी, नितु देवी, समतीस कुशवाहा, सुदामा देवी, गोपाल प्रसाद कलवार,शिवसेना नेपाल बाराका प्रेम प्रशाद साह, नेहा गिरी, खुस्बु खातुन, आर्ती कुमारी, बिनोद राम महरा लगायतका सहभागिता रहेको थियोे।
उक्त बैठकमा प्रस्ताव न. १ माथी छलफल गर्दा संयुक्त जन आन्दोलन परिचालन समितिको नेतृत्वमा शिव प्रशाद तिमल्सिना, उपाध्यक्ष पदमा सुरेश प्रशाद कुशुवाहा सह जन कमाण्डर (अपाध्यक्ष) सचिवमा बलिराम हजरा कोषाध्यक्षमा श्रीराम साह, प्रेम प्रशाद साह, नेहा गिरी लगायत ११ सदस्यीय सरव सहमति बाट कमिटी चयन गरिएको बारे शिवशेना नेपालका केन्द्रिय सदस्य मुना सरराफले जानकारी दिनु भयो।






Comments are closed, but trackbacks and pingbacks are open.