
बारा, कलैया।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को भातृ संगठन अखिल नेपाल खेलकुद महासंघ बारा जिल्लाले आफ्नो दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेकोछ।
कलैया उपमहानगरपालिकाको मुख्य चौकमा रहेको देवकिलाल धर्मशालाको सभा हलमा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दोस्रो सम्मेलन सम्पन्न गरेकोछ।




नेकपा माओवाद केन्द्रका केन्द्रिय सदस्य तथा बारा इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ मधेस प्रदेश इन्चार्ज मुकेश साह, नेपाल दलित मुक्ती मोर्चा मधेस प्रदेश अध्यक्ष लवकुश बैठा, कलैया उपमहानगरपालिका उपाध्यक्ष रमेश साह, आबिद हुसैन अंसारी, सुनिल कुशवाहा, अनेरास्ववियु क्रान्तिकारी बारा जिल्ला अध्यक्ष संदिप यादव, अखिल खेलकुद मधेस प्रदेस सदस्य भिखारी साह, मुक्ती मोर्चा नेपाल बारा अध्यक्ष उमेश यादव, राजाराम चौधरी, योङ कम्युनिस्ट लिग मधेस प्रदेश कमिटी सदस्य अवधेश पटेल, अनेरास्ववियु (क्रान्तिकारी) कलैया उपमहानगरपालिका अध्यक्ष सोनु पटेल, संदिप गुप्ता, कृष्णा प्रसाद साह, जितेन्द्र साह, अजित कर्ण लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
अखिल नेपाल खेलकुद महासंघ बारा जिल्ला अध्यक्षमा रियाजुल इस्लाम, उपाध्यक्ष प्रशान्त ढुङ्गेल, सचिव संदिप गुप्ता, कोषाध्यक्ष जितेन्द्र गुप्ता सदस्य उमा शंकर चौधरी, बृजकिशोर सहनी, दिपक राम, एलेक्स सहनी, समर मगर, मुकेश चौधरी लगायत २५ सदस्यीय कमिटी गठन भएकोछ।
कार्यक्रम लाई मोहित चौधरीले संचालन गरेका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.